00:00:00
स्थानिय

नोबल बाल कल्वद्धारा कोटिहवा चोकमा दीप प्रज्वलन

शनिबार माघ १८, २०८२/ Saturday 01-31-26

तिलोत्तमा । माघ १७ गते । ८५ औं शहिद दिवसको अवसर पारी नोबल बाल कल्वको आयोजनामा शुक्रबार कोटिहवा चोकमा शहिदहरुको सम्झना र सम्मानमा दीप प्रज्वलन गरिएको छ । शहिदहरुको सर्मपण र संझना स्वरुप आयोजित दीप प्रज्वलन कार्यक्रममा नोबल इन्भायरोमेन्ट एकेडेमीका विद्यार्थी, शिक्षक, कर्मचारी एवं स्थानिय लगायतको उल्लेख्य सहभागिता रहेको विद्यालयका प्रिन्सिपल खिनु गुरुङ्ले जानकारी दिनुभयो ।
कार्यक्रममा नोबल इन्भायरोमेन्ट एकेडेमीका प्रबन्ध निर्देशक सुन्दर गुरुङ्ले शहिदहरुकै बलिदानका कारण नेपालमा सघिय लोकतान्त्रिक गणतन्त्र आएको र विद्यार्थीहरुले सहज रुपमा पढ्न लेख्न पाएको कुरा उजागर गर्नुभएको थियो । कार्यक्रममा बेगमबेली बाल समुहका अध्यक्ष लभसन पन्थि र नोबल बाल कल्बका अध्यक्ष बिनिता पुनले शहिदहरुको सम्झना र गरिमा झल्कने मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन युनिशा गिरिले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया