लिटिल प्याराडाइजमा “स्वच्छ भान्सा कार्यक्रम २०८२” सम्पन्न
गोमा बोहोरा कार्की अध्यक्ष रहनुभएको १५ सदस्सिय शिक्षक अभिभावक संघ गठन
प्रकाश पाण्डे । पौष २० गते — समाजप्रति विद्यालयको उत्तरदायित्व कार्यक्रम अन्र्तगत समुदाय र विद्यालय बीच सहकार्य एवं सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्य सहित लिटिल प्याराडाइजमा “स्वच्छ भान्सा कार्यक्रम २०८२ सम्पन्न भएको छ । विद्यालयका प्राचार्य केएन.सागर ज्ञवालीको अध्यक्षता एवं वडाध्यक्ष देवी प्रसाद पंगेनीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पोषणयुक्त खाना, खाना पकाउँदा अपनाउनुपर्ने सावधानी, स्वच्छ भान्साको प्रयोग तथा बालबालिकाको स्वास्थ्यमा खानाको प्रभाव लगायतका विषयमा व्यवहारिक जानकारी गराइएको थियो ।
शनिबार तिलोत्तमा ७ भलवारीस्थित विद्यालय प्रागँणमा आयोजना गरिएको कार्यक्रममा मुख्य प्रशिक्षक राजेन्द्र पौडेल सहितको टोलीले सहभागीहरूलाई स्वच्छ भान्सा र स्वस्थ खाना सम्बन्धी प्रशिक्षण प्रदान गर्दै प्रयोगात्मक ढंगबाट आफैले विभिन्न परिकार बनाएर देखाउनुभएको थियो । विभिन्न टोल विकाश समितिका पदाधिकारी, आमा समुहका सदस्य तथा अभिभावक समेतको सहभागितामा आर्गेनिक खाना र तिनको उपयोगिताको विषयमा प्रशिक्षण प्रदान गरिएको विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले जानकारी दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतु बौडेल, नगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य सुरेन्द्र श्री, शिक्षक–अभिभावक संघका अध्यक्ष सीता पुन लगायतले बोल्दै लिटिल प्याराडाइजले समाजसँग जोडिएर विद्यालयले आयोजना गरेको कार्यक्रम विल्कुलै नौलो र मानिसको दैनिकी तथा स्वास्थ्यसँग जोडिएको भन्दै तारिफ गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष हिमकला अधिकारी, ब्रह्माकुमारी भलवारीका प्रमुख बबिता दिदी, शिक्षक, अभिभावक, स्थानिय समाजसेवी, टोल विकास समितिका पदाधिकारी तथा आमा समुहका सदस्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सिनियर शैक्षिक संयोजक नवराज रेग्मीको सन्चालन तथा विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीको स्वागतमा सम्पन्न भएको थियो ।
यसैबीच लिटिल प्याराडाइज मै शिक्षक अभिभावक संघको अधिवेशन समेत सम्पन्न गरेको छ । अधिवेशनले गोमा बोहोरा कार्की अध्यक्ष रहनुभएको १५ सदस्सिय शिक्षक अभिभावक संघ गठन गरेको हो । जसको उपाध्यक्षमा थानेश्वर पाण्डे, सचिवमा केएन सागर ज्ञवाली र कोषाध्यक्षमा श्याम घिमिरे रहनुभएको छ भने सदस्यहरुमा सावित्रा ज्ञवाली, संझना थापा, दिपा पराजुली, सावित्री श्रीस, कल्पना हमाल, माधव भुर्तेल, मुक्ति न्यौपाने, बसन्त कुवँर, रमा ज्ञवाली, नवराज रेग्मी र समलाल विक रहनुभएको छ ।
तपाईको प्रतिक्रिया