00:00:00
खेलकुद

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल मंगलबार पनि जारी

मंगलबार पौष ८, २०८२/ Tuesday 12-23-25

प्रकाश पाण्डे । पौष ८ गते । तिलोत्तमामा शुरु भएको प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता मंगलबार पनि जारी रह्यो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा तिलोत्तमा ८ स्थित कुवँरवर्ती स्कुलको प्रागँणमा सोमबारबाट शुरु छात्रा भलिबलको फाइनल खेल्ने टोलीको टुगौं लागेको छ । छात्रा भलिबलको उपाधीका लागी बुधबार बिहान ११ बजे कुवँरवर्ती बोर्डिँग स्कुल प्रदीपनगर र एभरेष्ट मावि बुटवल भिड्ने खेल संयोजक तथा हिसान रुपन्देहीका कावा सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

यसअघि छात्रा भलिबलको तेस्रो स्थानका लागी मंगलबार साँझ भएको खेलमा होराइजन जिविएसलाई हराउदै न्यु होराइजन बोर्डिगं स्कुल कालिकानगर विजयी भएको खेल संयोजक अर्यालले बताउनुभयो । यता छात्र भविबलको सेमीफाइनल खेल्ने टोलीको पनि टुगों लागेको छ । बुधबार हुने फाइनल प्रवेशका लागी सेन्ट जोसेफ मावि तिलोत्तमा ७ भलवारी, मणिमुकुन्द मावि बुटवल, बुद्ध पब्लिक देवदह र काशी नोबेल एकेडेमी सिद्धाथएनगर भिड्ने अर्यालको भनाई छ । वेष्ट अफ थ्रीको नियमानुसार खेलाइएको प्रतियोगितामा छात्र तर्फ १७ वटा टिम र छात्रातर्फ १२ वटा टोलीले प्रतिस्प्रर्धामा भाग लिएका थिए । सोमबार पहिलो चरणका खेलहरु सम्पन्न भएकोमा मंगलबार दोस्रो चरण र बुधबार अन्तिम चरणका खेलहरु सम्पन्न हुनेछन । 

तपाईको प्रतिक्रिया