तेस्रो प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्यमा कुवँरवर्ती प्रथम
प्रथम भएको कुवँरवर्तीले प्रदेशस्तरीय लोकनृत्य प्रतियोगितामा सहभागिता जनाउने
प्रकाश पाण्डे । पौष ७ गते । तेस्रो प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगितामा तिलोत्तमा ८ मा रहेको कुवँरवर्ती बोर्डिँग स्कुलले प्रथम स्थान हासिल गरेको छ । निजि तथा आवसिय विद्यालय अर्गनाइजेसन प्याब्सन रुपन्देहीको आयोजना रहेको प्रतियोगितामा सिद्धार्थ बोर्डिँग स्कुल शुद्धोदनले द्धिप्तिय, मुनलाइट बोर्डिँग स्कुल सिद्धार्थनगरले तृतीय तथा गार्गी एकेडेमीले प्रोत्साहन स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम, द्धिप्तिय, तृतीय र प्रोत्साहन स्थान हासिल गर्ने विद्यालयहरुलाई नगद रु १५ हजार, १२ हजार, १० हजार र ८ हजार नगद सहित ट्रफी र प्रमाण्पत्रले सम्मान गरिएको प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो । खनालले प्रथम भएको कुवँरवर्ती अब प्रदेशस्तरीय लोकनृत्य प्रतियोगितामा सहभागिता जनाउन छनौट भएको बताउनुभयो ।
सो अवसरमा बोल्दै प्याब्सन केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले विद्यार्थीहरुले आफ्नो कला, संस्कृति, रहनसहन र जीवनशैलीलाई नृत्य मार्फत प्रस्तुत गरेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन केन्द्रिय उपाध्यक्ष टिकाराम न्यौपाने, प्याब्सन केन्द्रिय महासचिव आरवी कटवाल, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपाने लगायतको सहभागिता रहेको थियो । कार्यकमको संयोजन प्याब्सन देवदहले गरेको कार्यक्रममा रुपन्देहीका निजि विद्यालयहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया