00:00:00
स्थानिय

तिलोत्तमा मेला आज समापन हुदैे, साँझ प्रकाश दुतराजको विशेष प्रस्तुति रहने

बिहीबार पौष ३, २०८२/ Thursday 12-18-25

प्रकाश पाण्डे । मंसीर ३ गते । तिलोत्तमा ५ मणिग्रामस्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ आज समापन हुदैछ । मंसीर १५ गतेबाट शुरु भएको मेलाको आज समापन गर्ने गरि तयारी भैरहेको  मेला मुल आयोजक समिति संयोजक तथा आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले बताउनुभयो । वहाँले दर्शकको माग बढेकाले पौष १ गते सम्पन्न हुने भनिएको मेला २ दिन थप गरि आज समापन हुने बताउनुभयोे । महोत्सवमा तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिता, तिलोत्तमा आइडियल, नगरस्तरीय सामुदायिक विद्यालय नृत्य प्रतियोगिता, विभिन्न साँस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम सम्पन्न गरिएका छन भने ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले हरेक दिन मनोरञ्जन दिइरहेको सांस्कृतिक कार्यक्रम संयोजक युवराज पराजुलीले जनाउनुभयो । मेलाको अन्तिम दिन आज बिहिबार चर्चित गायक कलाकार प्रकाश दुतराजले स्टेज तताउने बताउनुभयो । 
 

तपाईको प्रतिक्रिया