विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगर समितिमा नयाँ नेतृत्व चयन
दोहोरो कर प्रणालीले मर्कामा परेको व्यवसायीको गुनासो
प्रकाश पाण्डे । रुपन्देही विद्युतीय व्यवसायी संघ, तिलोत्तमा नगरको आठौ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चुरामणी सुबेदीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा दिपेश पाण्डे, सचिवमा अमृत पौडेल, कोषाध्यक्षमा प्रदिप पाठक र सदस्यहरुमा सुरेश खनाल, आनन्द प्रसाद भुसाल, गोपाल भण्डारी, छवि बहादुर खत्री, दिलु भट्टराई, राजेन्द्र लम्साल लगायत रहेको निर्वाचन मण्डलका संयोजक चन्द्रकान्त भण्डारीले जानकारी दिनुभयो । निर्वाचित पदाधिकारी तथा सदस्यलाई संघका केन्द्रिय उपाध्यक्ष प्रकाशचन्द्र पाण्डे र निवर्तमान अध्यक्ष हुमनाथ पराजुलीले बधाई तथा शुभकामना दिनुभयो । यसअघि साधारणसभा तथा अधिवेशन उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले व्यवसायीहरु दोहोरो कर प्रणालीबाट मर्कामा परेको बताएका थिए । कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष प्रकाशचन्द्र पाण्डे, केन्द्रिय सचिव लोकनाथ पोखरेल, जिल्ला अध्यक्ष शान्तराज खनाल, प्रथम उपाध्यक्ष सुर्य कुँवर, लुम्बिनी प्रदेश सदस्य दिपक पौडेल, सल्लाहकार चन्द्रकान्त भण्डारी लगायतले बोल्नु भएको थियो । संघका तिलोत्तमा उपाध्यक्ष चुरामणी सुबेदीको स्वागत तथा बसन्त भण्डारीको सञ्चालनमा कार्यक्रम भएको हो ।
।
तपाईको प्रतिक्रिया