00:00:00
स्थानिय

गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा स्वागत तथा सम्मान कार्यक्रम

बिहीबार मङ्सिर २६, २०८२/ Thursday 12-11-25

प्रकाश पाण्डे । मंसीर २५ गते । सामाजिक क्षेत्रमा पृथक पहिचान स्थापित गरेको गुल्मेली सम्पर्क समाज रुपन्देहीले बुधबार स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । श्रृङ्घेश्वर धाम तिलोत्तमा ४ मा आयोजित कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट रुपन्देहीमा कार्यालय प्रमुख भई आउनुभएका गुल्मेलीहरुको स्वागत गरिएको छ भने रुपन्देहीका विभिन्न क्षेत्रमा विशिष्ट पहिचान बनाएका विभिन्न संघसंस्थाबाट निर्वाचित गुल्मेलीहरुलाई सम्मान गरिएको हो । केही समय अघि कार्यालय प्रमुखको जिम्मेवारी लिनुभएका तिलोत्तमा नगरपालिकाका कार्यकारी प्रमुख खुमराज भुसाल, जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख विष्णुप्रसाद पन्थी लगायतलाई स्वागत गरिएको कार्यक्रम संयोजक हेम थापाले बताए ।  बुझौं हाम्रो रीति र थिति, जोगाओँ हाम्रो गौरवमय संस्कृति’ र्भन्ने मूल नारालाई आत्मसात गरि स्थापना भएको समाजले विभिन्न क्षेत्रबाट गुल्मेलीको शिर उचो बनाएका ३९ जना गुल्मेलीलाई सम्मान गरेको थापाले जनाए ।

यसरी सम्मानित हुनेहरुमा रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित अध्यक्ष नेधिराम ज्ञवाली सहित १२ जना, उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरि अर्याल, रुपन्देही उद्योग संघका नवनिर्वाचित प्रथम उपाध्यक्ष हरि खत्रि सहित ७ जना ,रुपन्देही व्यापार संघका बरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी सहित ७ जना, अधिवक्ता तहको परीक्षामा लुम्बिनी प्रदेश प्रथम मन्जिला ज्ञवाली, पश्चिम कालिकानगर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष पारसमणि भण्डारी, राज्य टेलिभिजनका प्रमुख यमलाल भुसाल, प्राध्यापक संघ बुटवल बहुमुखी क्याम्पसका सभापति डाक्टर चिरञ्जीवी देवकोटा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, कालिका मानव ज्ञान माविका अध्यक्ष  नित्यानन्द ज्ञवाली, पश्चिम नेपाल वस व्यावसायी प्रालिका अध्यक्ष दधिराम खरेल, प्रबन्ध सञ्चालक रामचन्द्र भुसाल, प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपाने, प्रदेश अध्यक्ष लालहरि पाण्डे, हिमालयन लाइफ इन्स्योरेन्सका प्रदेश उपप्रमुख जुना कुँवर, तिलोत्तमा नगरपालिका वार्ड नम्बर ४ का वार्ड अध्यक्ष हरिबहादुर क्षेत्री, आजीवन सदस्य ज्ञानेन्द्र कसजू लगायत रहेको गुल्मेली सम्पर्क समाज रुपन्देहीका महासचिव राजेन्द्र कुँवरले जानकारी दिए ।

गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डाक्टर नारायण प्रसाद पन्थको अध्यक्षता, ब्रह्मकुमारी विश्वविद्यालय भैरहवाका क्षेत्रीय प्रमुख शान्ति सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ पत्रकार दिलिप भट्टराई, दधिराम खरेल, दयानिधि भण्डारी, डाक्टर चिरञ्जीवी देवकोटा,  श्यामलाल खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, श्री श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारीले संस्थाका गतिविधि तथा सल्लाहकार टीकाराम घिमिरेले संस्थाको ऐतिहासिक पृष्ठभूमि बारे जानकारी गराएका थिए । संस्थाका बरिस्ठ उपाध्यक्ष हेम थापाको स्वागत र भैरहवा शाखाका अध्यक्ष केशव ज्ञवालीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा अध्यक्ष डाक्टर नारायण प्रसाद पन्थले संस्थाको विगत, वर्तमान र आगामी योजना बारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रा डा हिरण्य ज्ञवाली, प्रमुख अतिथि शान्ति सुवेदी लगायतले गुल्मेली गुरुयोजना स्थललाई रुपन्देहीको चारधामका रुपमा व्याख्या र विवेचना गरेका थिए । बरिष्ठ उपाध्यक्ष हेम थापाको संयोजकत्व रहेको कार्यक्रम ऐतिहासिक भएको संस्थाका महासचिव तथा कार्यक्रम सञ्चालक राजेन्द्र कुँवरले बताए ।


 

तपाईको प्रतिक्रिया