00:00:00
खेलकुद

रिसनको २ दिवसीय खेल महोत्सव 

९ वटा निजि विद्यालयहरुको सहभागिता
शनिबार मङ्सिर २१, २०८२/ Saturday 12-06-25

प्रकाश पाण्डे । मंसीर २० गते । रुपन्देही एकिकृत विद्यालय सँगठन नेपालको आयोजनामा २ दिवसीय रिसन खेल महोत्सव शुरु भएको छ । तिलोत्तमा ४ डिंगरनगरस्थित जनज्योति क्लवको खेल मैदानमा आयोजित खेल महोत्सवको शुक्रबार एक कार्यक्रमका बीच प्रमुख अतिथि एवँ प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेको उपस्थितिमा खेल महोत्सवको उद्धघाटन गरिएको हो । रिसन रुपन्देहीका अध्यक्ष तुलबहादुर सराङ्गकोटी पवनको अध्यक्षता रहेको उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागी रिसन खेल महोत्सव उपयोगी हुने बताउनुभयो । वहाँले रिसनले आयोजना गर्ने हरेक कार्यक्रममा प्याब्सनको साथ र सर्मथन रहने बताउनुभयो ।

कार्यक्रममा बोल्दै रिसनका अध्यक्ष तुलबहादुर सराङ्गकोटी पवनले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप आँकलन गर्न उपयोगी होस भन्ने उद्धेश्य सहित खेलकुद कार्यक्रम आयोजना गरिएको बताउनुभयो । वहाँले रिसन खेल महोत्सवमा रुपन्देहीका ९ वटा निजि विद्यालयको सहभागिता रहेको जानकारी दिनुभयो ।  एथलेटिक्स तर्फका विभिन्न विधागत खेलहरु भलिवल, ब्याडमिन्टन लगायतका खेलहरु समावेश गरिएको प्रतियोगितामा आज भलिवल तर्फका अतिम खेलहरु सन्चालन भैरहेका छन । प्याब्सन केन्द्रिय सचिवालय सदस्य खेमेन्द्र राना, प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाल, रिसन रुपन्देहीका संस्थापक अध्यक्ष तथा प्याब्सन लुम्बिनी प्रदेशका निर्वतमान सदस्य डिबी थापा, अतिथिहरु प्याब्सन तिलोत्तमा निर्वतमान अध्यक्ष केएन सागर ज्ञवाली, प्याब्सन तिलोत्तमाका कोषाध्यक्ष गोपाल गौतम, निजि विद्यालयका प्राचार्य तथा प्रतिनिधीहरु, विद्यार्थी खेलाडी लगायतको उल्लेख्य सहभागिता रहेको उद्धघाटन सत्रको सन्चालन प्याब्सन तिलोत्तमाका सचिव चन्द्र अधिकारीले गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया