तिलोत्तमा १४ मंसिर ।
ईनरह्वील क्लव अफ तिलोत्तमाको आयोजना र रक्तदाता समाज तिलोत्तमाको समन्वय तथा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमबाट ३८ युनिट रगत संकलन भएको ईनरह्वील क्लव तिलोत्तमाका अध्यक्ष रत्ना रिजालले जानकारी दिनुभएको छ । अध्यक्ष रिजालले पछिल्लो समय रगतको अभाव भईरहेको खवरले आफुलाई चिन्तित तुल्याएको भन्दै अरु सय वटा काम गरेको भन्दा रक्तदान कार्यक्रम सम्पन्न गर्दा खुसी मिल्ने अनुभव सुनाउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष हरिप्रसाद पाण्डेले रगत अभावले मृत्युवरण गर्नुपर्ने अवस्थामा सुधार भएको उल्लेख गर्दै महान कार्यमा जुट्ने सम्पुर्णलाई धन्यवाद दिनुभयो ।
त्यस्तै तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोविन्द वन्जाडेले रक्तदाता समाजले गर्दै आएका काम र यस्ता कार्यक्रमबाट मानव स्वास्थ्यमा पारेको प्रभावका विषयमा प्रकाश पानुभएको थियो । कार्यक्रममा ईनरह्वील क्लवका सल्लाहकार तथा देवदह नगरपालिकाका लेखा अधिकृत हरि रिजाल,जनस्वास्थ्य निरिक्षक,गिरि तरामु,ईनरह्वील क्लव तिलोत्तमाका उपाध्यक्ष रेखा चौधरी, सचिव सीता भट्टराई र पविन्द्र मल्लको उपस्थिति रहेको थियो ।
रक्तदाता समाज तिलोत्तमाका बरिष्ट उपाध्यक्ष अरुण पन्थीको संचालनमा भएको कार्यक्रममा ईनरह्वील क्लवका अध्यक्ष रिजालले टेलविकास संस्था, वडा,स्वागत र रक्तदानमा जोडिएका सम्पुर्णलाई धन्यवाद दिदै स्वागत मन्तव्य राख्नुभएको थियो ।
तपाईको प्रतिक्रिया