समपूर्ण कपमा देवदहलाई हराउदै लिस्नुको क्वाटरफाइनल यात्रा
शनिबारको क्वाटरफाइनल झरना र अभिषेक चर्च रहजर बीच हुने
प्रकाश पाण्डे । कार्तिक २८ गते । देवदह ब्वाइजलाई शुन्यका विरुद्ध ३ गोलले हराउदै लिस्नु युवा क्लवले चौथो समपूर्ण कप नकआउट फुटवलको क्वाठरफाइनल यात्रा तय गरेको छ । शुक्रबार तिलोत्तमा १४ सुपौलीस्थित समपुर्ण युवा क्लवको खेलमैदानमा लिस्नुका लागी खेलको ठिक मध्यान्तर अघि अर्चित लामाले सुन्दर गोल गरे । मध्यान्तरअघि १ गोलको अग्रता बनाएको लिस्नुले दोस्रो हाफको १२ औँ मिनेटमा डि एरियाभित्र देवदहका खेलाडीले गरेको हयाण्ड बलमा पाएको पेनाल्टी सुटआउटलाई अर्चित लामाले गोलमा परिणत गरेका थिए ।
अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको लिस्नुका लागी खेलको ५६ औँ मिनेटमा गणेश हमालले तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । देवदहको तर्फबाट खेलाडीहरुमा तालमेलको अभाव देखिएको थियो । जसको फाइदा लिस्नुले उठायो । पाएका सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा देवदह ब्वाइजले हार ब्योहोर्न बाध्य भयो । शुक्रबारको खेलमा लिस्नुका लागी २ गोल गरेका जर्सी न ४ का खेलाडी अर्चित लामाले म्यान अफ दी म्याच हुदै नगद रु ३ हजार सहित ट्रफी प्राप्त गरेको प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले जानकारी दिए ।
प्रतियोगितामा शनिबारबाट क्वाटरफाइनलका खेलहरु शुरु हुदैछन । शनिबारको पहिलो क्वाटरफाइनल खेलमा झरना स्पोट्र्स क्लव कुन्जलापुर तथा अभिषेक चर्च भिड्नेछन । स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा कार्तिक २५ गतेबाट समपुर्ण युवा क्लव तिलोत्तमा १४ को आयोजनामा जारी प्रतियोगिता मंसीर ६ गतेसम्म चल्नेछ । सुपौली स्थित समपुर्ण क्लवको आफ्नै खेलमैदानमा शुरु भएको प्रतियोगितामा कुल १२ टोली आमनेसामने छन । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने क्लवका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिए ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सय का दरले पुरस्कार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगद रु ३ हजार सहित ट्रफी पाउने क्लवका कोषाध्यक्ष विजय थापाले जानकारी दिए । खेल हेर्न यसपटक पहिलो चरणमा रु ५० रुपैयाँ टिकट तय गरिएको थियो भने क्वाटरफाइनल, सेमीफाइनल र फाइनलका लागी रु १०० टिकट तय गरिएको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले बताए । यसैगरि जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको खेल संयोजक ढक बहादुर पुनले जनाए ।
तपाईको प्रतिक्रिया