जन सहभागिता वास स्वास्थ्य सहकारी संस्था लि को ११ औं साधारण सभा
प्रकाश पाण्डे । कार्तिक २१ गते । जनसहभागिता वास स्वास्थ्य सहकारी संस्था तिलोत्तमा ८ को ११ औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार फोहोर प्रशोधन तथा ज्ञान केन्द्र सुखौरा खोलामामा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले फोहोर ब्यवस्थापनमा वास सहकारीले खेलेको भुमिका महत्वपुर्ण रहेको बताएका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रथम नगरप्रमुख तथा निवर्तमान संघीय सांसद बासुदेव घिमिरेले फोहोर ब्यवस्थापनमा नयाँ मोडेलको प्रयोग गरिएको भन्दै वास सहकारीले उपभोक्ताको घर घरमा गई फोहोर संकलन र पुन प्रयोग गर्दा सिंगो नगरपालिका सफा स्वच्छ र हराभरा भएको बताउनुभयो ।
वहाँले वास सहकारीमा आवद्ध शेयर सदस्य तथा उपभोक्ता सबैको पहलमा तिलोत्तमा नगरपालिकामा शुरु गरिएको फोहोर संकलनको नविनतम प्रयोग र लगानीको देखासिकी अहिले अन्य क्षेत्रहरुले पनि गरिरहेको भन्दै खुसि ब्यक्त गर्नुभयो । सहकारीका अध्यक्ष खेम प्रसाद गौतमले अध्यक्षको प्रतिवेदन पेश गर्दै विस २०६९ साल असोज १९ गते स्थापना भएको संस्था २०७२ सालमा विधिवत दर्ता भएर आम तिलोेत्तमाबासीको मन जित्ने गरि काम गर्दै आएको बताउनुभयो ।
सहकारीका लेखा समिति संयोजक कालिदास बस्यालले लेखा प्रतिवेदन र टान प्रसाद पाण्डेयले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, ७ का वडा अध्यक्ष देवी प्रसाद पंगेनी, १६ का झविलाल भुषाल, सल्लाहकारहरु यज्ञ गैरे, हरिलाल पाण्डेय, झम बहादुर गुरुगँ, हेमन्त पाण्डेय, लिलमाया राना, युवराज न्यौपाने, कृष्ण कुमारी पाण्डेय, राजकुमार वाग्ले, कमला भण्डारी, ध्रुव कुमार धिताल, ब्यवस्थापक मणिराज गैरे लगायतको सहभागिता रहेको थियो । सहकारीका उपाध्यक्ष ठानेश्वर चापागाईको स्वागत तथा सहकारीका सचिव कृष्ण बहादुर पुनको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया