लायन्स क्लव अफ तिलोत्तमा स्टारद्धारा निःशुल्क दन्त तथा आँखा शिविर
प्रकाश पाण्डे । कार्तिक १९ गते । लायन्स क्लव अफ तिलोत्तमा स्टारको आयोजनामा बुधबार १ दिने निशुल्क दन्त तथा आँखा शिविर सम्पन्न भएको छ । तिलोत्तमा ९ नन्दनवनस्थित विश्वशान्ति सामुदायिक आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको क्लवका अध्यक्ष लायन रमेश कुमार पराजुलीले जानकारी दिनुभयो । शिविर उद्घाटनमा बोल्ने बक्ताहरुले बालबालिकाहरुमा देखा पर्ने दाँत, मुख र गिजाप्रति सचेतना जगाई आँखाको सुरक्षा र सरसफाईमा जागरुक बनाउन आयोजना गरिएको शिविर उदाहरणीय रहेको बताएका छन ।
समाज डेन्टल केयर प्रालि बुटवल र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवाको प्राविधिक सहयोगमा विश्वशान्ति स्कुलको सभाहलमा आयोजित शिविरमा ११८ जना विद्यार्थीको दाँत तथा १४६ जना विद्यार्थीको आँखा परिक्षण गरिएको छ । क्लवका अध्यक्ष लायन रमेश कुमार पराजुलीको अध्यक्षता लायन्स इन्टरनेशनल ३२५ पी २ का डिष्ट्रिक गर्भनर पीएमजेफ लायन बालाराम भट्राईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा इनरह्वील क्लव अफ तिलोत्तमाका अध्यक्ष लायन रत्ना रिजाल, सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर एमजेएफ लायन सन्दिप कसौधन, एरिया ३ का एरिया चिफ लायन कृष्ण पाण्डे, जोन १९ को जोन चियर पर्सन लायन लक्ष्मी थापा, लायन्स क्लव अफ तिलोत्तमा स्टारका आइपीपी विना पौडेल, डा पल्लवी श्रेष्ठ र प्राविधिकद्धय सचिन गौतम र दुर्गा खनाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम लायन पिताम्बर खनालको सन्चालन तथा लायन दुर्गा पाण्डेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया