रुपन्देही सुनचाँदी ब्यवसायी संघको नयाँ कार्यालयको उद्घाटन
तिलोत्तमा १ ड्राइभरटोल हाटबजार लाइनमा नयाँ कार्यालय स्थापना
प्रकाश पाण्डे । भाद्र १५ गते । रुपन्देही सुनचाँदी ब्यवसायी संघको नयाँ कार्यालयको समुद्घाटन गरिएको छ । तिलोत्तमा १ ड्राइभरटोल हाटबजार लाइनमा स्थापना गरिएको नयाँ कार्यालयको शनिबार आयोजित एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्धघाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खाणले रुपन्देही सुनचाँदी ब्यवसायी संघको कार्यालय तिलोत्तमामा स्थापना हुनु तिलोत्तमाबासीका लागी गौंरवको कुरा भएको बताउनुभयो ।
वहाँले सुनचाँदी ब्यवसायीको स्थायी संरचना बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउदै तिलोत्तमा वडा न ४ मा जग्गा बयवस्थापन गरिने बताउनुभयो । रुपन्देही सुनचाँदी ब्यवसायी संघका अध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षता रहेको कार्यक्रममा तिलोत्तमा वडा न १ का अध्यक्ष फर्सुराम गिरि, पुर्व केन्द्रिय उपाध्यक्ष तथा संघका वरिष्ठ सल्लाहकार प्रेमकुमार सेन्चुरी, केन्द्रिय सदस्य तथा संघका सल्लाहकार चेतनारायण विश्वकर्मा, केन्द्रिय सदस्य दीपक कुमार विश्वकर्मा, निवर्तमान उपाध्यक्ष जोगलाल विश्वकर्मा, केन्द्रिय सदस्य विष्णु कालिराज, प्रदेश उपाध्यक्ष हरि बहादुर सुनार, तिलोत्तमा नगर अध्यक्ष कृष्ण रसाइली, सल्लाहकार एमबी विश्वकर्मा, विक्रम बहादुर सुनार लगायतको सहभागिता रहेको थियोे ।
सो अवसरमा बोल्ने वक्ताहरुले सुनचाँदी ब्यवसायमा नेपाल सरकारले कर माथी कर थोपरेर ब्यवसायीहरुलाई हतोत्साही र पलायन बनाउन खोजेको भन्दै त्यस्ता कार्य निरुत्साहित गर्नुपर्ने बताएका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मनोज कुमार विश्वकर्माको स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन महासचिव सतिश कुरमार कौशलले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया