नोबेल इन्भाइरोमेन्टमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
तिलोत्तमा । भदौ ९ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको नोबेल इन्भाइरोमेन्ट ईगँलिश स्कुलमा आइतबार तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नोबेल बाल क्लवका अध्यक्ष बिनिता पुनको अध्यक्षतामा विद्यार्थीहरू आफैले सञ्चालन गरेको कार्यक्रममा कक्षा पिजी देखि १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए ।
जसअन्तर्गत कक्षा पिजिदेखि कक्षा ५ सम्मका विद्यार्थीहरु बीच तीज नृत्य प्रतियोगिता आयोजना गरिएको थियो भने कक्षा ६ देखि १० सम्म गायन प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य खिनु गुरुगँले जानकारी लिनुभयो ।
कक्षा ६ देखि १० सम्मको तीज गायन प्रतियोगितामा कक्षा १० प्रथम, ९ द्धिप्तिय र कक्षा ८ तृतीय भए भने कक्षा १ देखि ५ सम्मको नृत्य प्रतियोगितामा कक्षा ५ प्रथम, ४ द्धिप्तिय र कक्षा ३ तृतीय भएको विद्यालयका प्रवन्ध निर्देशक सुन्दुर गुरुङले जानकारी दिनुभयोे । यसैगरि प्रि स्कुलतर्फ युकेजी प्रथम, एलकेजी द्धिप्तिय र नर्सरी तृतीय भए ।
विजयी विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पूर्णबहादुर गुरुङले नगद तथा मायाको चिनोले सम्मान गर्नुभएको थियो । यसैगरि निर्णायकतर्फ विद्यालयका शिक्षक आविक्ष्कार घर्ति मगर र अमृता न्यौपाने सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा नोबल बाल क्लवका उपाध्यक्ष रक्षा पाण्डेको स्वागत र सुसन्ना गुरुङ र युनिक अधिकारीले सन्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया