00:00:00
स्थानिय

तिलोत्तमा १६ स्थित कभर्डहलमा अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता

सोमबार भदौ २, २०८२/ Monday 08-18-25

तिलोत्तमा । भाद्र २ गते । लुम्बिनी प्रदेश स्तरीय मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता शनिबार तिलोत्तमा १६ स्थित मधवलियामा कभर्डहलमा सम्पन्न भएको छ । हरितालिका तीजको अवसर पारेर मधवलिया ब्याडमिन्टन कल्बको आयोजनामा समपन्न प्रतियोगितामा  पुरुष १६ बर्षमुनि सिङगल्समा बिबेक क्षेत्री प्रथम भए ।

प्रतियोगितामा विवेश बस्नेत दोस्रो तथा राज घिमिरे र शिभम कशौधन तेस्रो भए । यसैगरि महिला १६ बर्ष मुनिको सिङगल्सतर्फ भिमिसा बुढाथोकी प्रथम, पल्पसा पुरु।पिवजनामकउयण्न दोस्रो र प्रक्रिया गुरुङ तथा बिलक्षणा सिहले तेस्रो स्थान प्राप्त गरे ।

यसैगरि ११ बर्ष मुनिको पुरुष सिङगल्सतर्फ बिराट बस्नेत प्रथम, कृमोन रिजाल दोस्रो र डेनिश थापा तथा रिसभ भुजले तेस्रो स्थान प्राप्त गरे । बिजेता तथा उपबिजेता खेलाडीहरुलाई घरेलु तथा साना उद्योग संघका केन्द्रिय सदस्य तथा माउण्ट एभरेस्ट कत्था मिल्सका प्रोपाइटर बसन्त रोक्काले पुरस्कार बितरण गरेका थिए ।

कल्बका अध्यक्ष केशब चौधरीको अध्यक्षता रहेको कार्यक्रममा स्वागत कोषाध्यक्ष अर्जुन सेनले तथा कार्यक्रमको सन्चालन सुन्दर गुरुङले गरेका थिए । प्रतियोगितामा परासी, कपिलवस्तु, पाल्पा र रुपन्देहीका गरि कुल ७० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया