जेसिआई तिलोत्तमाले आज निशुल्क दाँत तथा आँखा परिक्षण गर्ने
तिलोत्तमा । साउन २७ गते । जेसिआई तिलोत्तमाले आज मंगलबार निशुल्क दाँत तथा आँखा परिक्षण शिबिरको आयोजना गर्ने भएको छ । जेसिज सप्ताह अन्र्तगत आयोजना गरिएको कार्यक्रम तिलोत्तमा ९ नन्दनवनस्थित विश्वशान्ति सामुदायिक आधारभुत विद्यालयमा अहिले बिहान १० बजेबाट शुरु हुने बर्ष २०२५ का अध्यक्ष जेसिआई सिनेटर प्रकाश न्यौपानेले जानकारी दिए ।
यसअघि मणिग्राम चोकमा रक्तदान तथा निशुल्क सुगर जाँच आयोजना गरेको संस्थाले ३८ पिन्ट रगत संकलन गर्नुका साथैे ४० जनाले निशुल्क सुगर परिक्षण गराई लाभ लिएको कार्यक्रम संयोजक जेसि महिमा कुवँरले जनाएकी छिन । तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्दै स्वयमसेवी रक्तदाता समाजका महासचिव तथा जिल्ला अध्यक्ष कृष्ण चौहानले पछिल्लो समय रगत अभाव भैरहेको सन्दर्भमा रक्तदान जस्तो पुन्यको कार्यक्रम राखेकोमा जेसिआई तिलोत्तमालाई धन्यबाद दिए ।
कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका चौहानले रगत अभावलाई पुरा गर्न सबैलाई रक्तदान गर्न अपिल समेत गरे । रक्तदान कार्यक्रममा बुटवलबाट आएको रक्तसन्चार सेवा केन्द्रको टोलीले प्राविधिक सहयोग गरेको थियो ।
तपाईको प्रतिक्रिया