ब्रिटिश ग्रामर स्कुल रुपन्देहीमा आगलागी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम
प्रकाश पाण्डे । साउन २५ गते ।
ब्रिटिश ग्रामर स्कुल रुपन्देहीमा आगलागी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ । विद्यालय आइतबार आयोजना गरिएको कार्यक्रममा अकस्मात हुने आगलागी र सोको नियन्त्रणका बिषयमा विद्यार्थीहरुलाई सचेत गराई आगो नियन्त्रणका लागी अपनाइने घरेलु तथा अन्य आकस्मिक विधिका सम्बन्धमा जानकारी गराइएको थियो ।
कार्यक्रममा अकस्मात लागेको आगो कसरी नियन्त्रणमा लिने ? आगलागी भएको ग्यास सिलिण्डर कसरी निभाउने ? तथा फायर डिष्टिङ्खग्युसरको प्रयोगका सम्बन्धमा प्रयोगात्मक डेमो मार्फत विद्यार्थीहरुलाई सुसुचित गरिएको थियो ।
सो अवसरमा बुटवलबाट आउनुभएका परिक फायर कन्ट्रोल सप्लायर्सका सुजल कुवँर र राम क्षेत्रीले विद्यार्थीहरुलाई प्रशिक्षण आयो नियन्त्रणका विषयमा जानकारी दिनुभएको थियो ।
सहप्राचार्य उमेश कँडेलको अध्यक्षता रहेको कार्यक्रममा एकेडेमिक भाइस प्रिन्सिपल महेश पौडेल क्षेत्री, शिक्षक, शिक्षिका तथा विद्यार्थी लगायतको उपस्थिति रहेको संस्थापक प्राचार्य राजेन्द्र कुवँरले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया