00:00:00
स्थानिय

ईनरह्वील क्लव अफ तिलोत्तमाद्धारा वृक्षरोपण

आइतबार श्रावण २६, २०८२/ Sunday 08-10-25

तिलोत्तमा,२५ साउन ।
ईनरह्वील क्लव अफ तिलोत्तमाले वृक्षरोपण गरेको छ । क्लवले मणिग्रामको आकाशे पुलदेखि दक्षिण इनरह्वील लोगो राखिएको स्थानसम्म वृक्षरोपण गरेको क्लवले जनाएको छ ।

वृक्षरोपण कार्यक्रममा तिलोत्तमा वडा नम्वर ५ का वडा अध्यक्ष रमेश डुम्रले समाज परिवर्तनमा महिलाको भुमिकाको चर्चा गर्दै सकरात्मक र सृजनात्मक कार्यक्रममा सदैव साथ रहने प्रतिवद्धता जनाउनुभएको छ  ।

इनरह्वील क्लवका अध्यक्ष रत्ना न्यौपाने रिजालको अध्यक्षतामा भएको कार्यक्रममा न्यौपाने रिजालले यस स्थानलाई ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा सहितको ईनरह्वील पार्क बनाउने लक्ष रहेकोमा जोड दिनुभयो । उहाँले विरुवा लगाउनुपर्छ भन्ने चेतना आमनागरिकसम्म पुगेको तर संरक्षणमा कम ध्यान गएको भन्दै आफु त्यसमा सचेत रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ईनरह्वील क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो । क्लवले यो एक वर्षमा रचनात्मक काम र सृजनात्मक अभ्यासमा समय लगाउनेमा सम्र्पुणले ऐकेवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया