00:00:00
स्थानिय

संघिय वजेट र कार्यान्वयनमाथि सरोकारवालाहरुविच छलफल, समयमा योजना सम्पन्न गर्न संघिय सांसद बिश्वकर्माको निर्देशन

आइतबार श्रावण १९, २०८२/ Sunday 08-03-25

बिन्दु भट्टराई,तिलोत्तमा १९ साउन ।
प्रतिनिधि सभा सदस्य छबिलाल बिश्वकर्माले तिलोत्तमाका विभिन्न सडक तथा सामुदायिक बिधालयहरुमा स्थलगत अवलोकन गर्नुभएको छ । सांसद बिश्वकर्मा ,तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरी ,नेकपा एमाले रुपन्देहीका अध्यक्ष ,नगर अध्यक्ष ,वडा अध्यक्ष  , शहरी विकास मन्त्रालय अन्तरगतका वरिष्ठ इन्जिनियर राजु न्यौपाने सहितको टोलिले विभिन्न योजना अन्तर्गत तिलोत्तमा १३ को सिमानादेखी कोटिहवा पुर्व रहेको जिर्ण सडकको आइतबार अवलोकन गरेको हो । उक्त सडकको लागि यस वर्ष ३ करोड रकम विनियोजित भएको छ ।

अवलोकनका क्रममा नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनु भएका सांसद विश्वकर्माले हरेक योजना समयमा सम्पन्न गर्न वडा तथा स्थानीय निकायलाई  निर्देशन दिनुभएको छ । उहाँले त्यसको लागि संघबाट गर्नुपर्ने प्रकृयामा सहजीकरण गर्न आफू हर संभव लाग्ने प्रतिवद्दता जनाउनुभएको छ ।

यसैबिच बिश्वकर्मा तिलोत्तमा १६ कोटिहवामा  रहेको पशुपती कलेजमा संघिय योजना कार्यान्वयन सहजिकरण बैठकमा सहभागी हुनुभएको छ । उक्त बैठकमा बिश्वकर्माले बिधालयमा परेका योजनामा अड्चन फुकाउन चुनौती रहेको उल्लेख गर्दै सहजीकरणका लागि पहलकदमी अगाडि बढाउनेमा जोड दिनुभएको छ  

सांसद बिश्वकर्माले लिस्नु युवा क्लवको निर्माणाधिन कवर्डहलको समेत अवलोकन गर्नुभएको छ । उक्त कवर्डहल सम्पन्न गर्न भन्दै वजेट विनियोजन गरिएपनी विभिन्न कानुनी झन्झटका कारण निर्माण कार्य रोकिएको छ । यसमा आवश्यक प्रकृया पूरा गर्न सहयोग गर्ने विश्वकर्माको प्रतिवद्द्ता छ ।

त्यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले योजनाहरु समयमा पूरा भएकी भएनन्,गुणस्तरीय छ्न् कि छैनन् भनेर निरन्तर निगरानी गर्ने काम उपभोक्ताले गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उपप्रमुख चौधरीले तिलोत्तमामा परेका सबै योजना कार्यान्वयन गर्न नगरपालिका साथमा रहेकोमा जोड दिनुभएको छ  ।

कलेज व्यवस्थापन समितिका लिला बल्लभ गैरेको अध्यक्षतामा भएको कार्यक्रमको कलेज प्रमुख जितबहादुर रास्कोटीले  सहजीकरण गर्नुभएको थियो । यसैविच सांसद विश्वकर्मा सहितकको उक्त टोलीले आइतबार नै कोटीहवामा जारी महायज्ञ तथा तिलोत्तमा वडा नम्वर ९ मा अवस्थित विश्व शान्ती आधारभुत विद्यालयमा समेत पुगेर त्यहाँको वस्तुस्थिति वारे जानकारी लिएको छ । 

  

तपाईको प्रतिक्रिया