जन्मदिनमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
तिलोत्तमा । साउन १२ गते । तिलोत्तमाका एक युवकले सोमबार परेको जन्मदिनको अवसरमा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले गरिव तथा जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता तिलोत्तमा ८ दीपनगर निवासी युवक सागर न्यौपानेले बताए ।
आफ्नै निवासमा आयोजित कार्यक्रममा बोल्दै न्यौपानेले विद्यार्थीलाई शैक्षिक गतिविधिमा आकर्षण बढाउन र उनीहरुलाई थप प्रोत्साहन गर्न शैक्षिक सामाग्री प्रदान गरेको जनाए । नेकपा माओवादी केन्द्रका युवा नेता, सामाजिक तथा शैक्षिक ब्यक्तित्व सागर न्यौपानेले एक कार्यक्रमका बीच सोमबार परेको जन्मदिनको अवसर पारी गरिव तथा जेहेन्दार विद्याथीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
शैक्षिक वितरण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम परियारले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नु आफैमा उत्तम कर्म भएको र यसले समाजमा सकारात्मक सन्देश दिने बताए । अखिल क्रान्किारी जिल्ला अध्यक्ष टिकाराम आचार्य, सागरका बुवा खिमानन्द न्यौपाने लगायतले मन्तब्य दिएको कार्यक्रममा करीव २५ जना विद्यार्थीहरुलाई कापी कलम लगायतका र्शक्षिक सामाग्री प्रदान गरिएको थियो ।
तपाईको प्रतिक्रिया