00:00:00
अन्तराष्ट्रिय

रुपन्देहीमा ६४ जना रक्तदाता सम्मानित

शनिबार जेठ ३२, २०८२/ Saturday 06-14-25

तिलोत्तमा । जेठ ३१ गते । विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीमा ६४ जना नियमित रक्तदातालाई सम्मान गरिएको छ । “रक्तदान गरौं आशा जगाऔ — संगै मिली जीवन बचाऔं” भन्ने नाराका साथ विश्व रक्तदाता दिवस २०८२ को अवसरमा आयोजित रक्तदाता सम्मान कार्यक्रममा नियमित रक्तदान गर्नेहरुलाई सम्मान गरिएको हो । नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको आयोजनामा रहेको कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, जिल्ला सभापति रामचन्द्र उपाध्याय, उपसभापति एवं रक्तसञ्चार केन्द्र समिति संयोजक सुशील गुरुङ लगायतले सम्मान सम्मान गरेका थिए ।

अग्रज सम्मानित अन्तरगत यस क्षेत्रको पहिलो रक्तदाता मृगेन्द्र शेरचन, चित्रमान गौचन लगायत ५ जनालाई सम्मान गरिएको थियो । यसेगरि स्वर्ण पदकमार्फत ७ जना, रजत पदक मार्फत २७ जना र प्रशंशा पत्रबाट २५ जना गरि ५९ जनालाई सम्मान गरिएको कार्यक्रममा कोषाध्यक्ष अर्जुनराज उपाध्यायले सिद्धान्त बाचन गरेका थिए ।कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण भएकोले बुटवलका स्थानीयलाई रगत किन्दा लाग्ने रकम तिर्नु नपर्ने गरि रेडक्रससंँग सम्झौता भएको बताउँदै सबै पालिकाले यसो गरेमा जनताले निशुल्क गरेको रगत बिरामीले निशुल्क प्राप्त गर्न सक्ने बताए । 

उपसभापति एवं रक्तसञ्चार केन्द्र समिति संयोजक सुशील गुरुङले निरन्तर रक्तदान गर्नको लागि प्रोत्साहन गर्न सम्मान कार्यक्रम गरिएको बताउँदै यस्ता सम्मानले रक्तदाताको मनोबल बढ्नुका साथै नियमित गर्ने वातावरण बन्नेमा विश्वास ब्यक्त गरे । कार्यक्रममा रेडक्रस रुपन्देही सभापति रामचन्द्र उपाध्यायले रेडक्रसले चाहेर मात्रै रगत निशुल्क हुने अवस्था नरहेको बताए । नेपाल स्वयंसेवी रक्तदाता समाजका महासचिव कृष्ण चौहान क्षेत्रीले निुशुल्क रगतका लागि पालिका पलिकासंग सम्झौता गर्नुभन्दा प्रदेश सरकारसमक्ष गएमा निशुल्क रगत प्रदानमा सहजता हुने उल्लेख गरे । 

नियमित रक्तदाता समाजका अध्यक्ष दया शिलवालले रगतको आवश्यकता अनुसार रक्तदान नभएको अवस्थामा यस्ता सम्माने रक्तदाताको नियमिततामा राम्रो प्रभाव पार्ने उल्लेख गरे । रक्त सञ्चार सेवा केन्द्र बुटवल इन्चार्ज राधा ज्ञवालीले प्रशंसा पत्र, रजतपदक र काँस्य पदक पाउनेको लागि बिभिन्न मापदण्ड रहेको बताउँदै महिला पुरुष तथा दुर्लभ रक्तदाताको लागि पनि छुट्टै व्यवस्था रहेको जानकारी गराईन् । ३३ पटक रक्तदान गरेकी गोमा ज्ञवालीले महिलाले रक्तदान गर्न सक्छन भन्ने उदाहरण बन्न पाउँदा खुसिलागेको बताईन । सम्मानित रक्तदाता अशेष सीलवालले सम्मानले नियमित रक्तदान गर्ने मनोबल बढेको बताउँदै रगतको सम्मानको रुपमा लिएको बताए । मन्त्री टेकराज थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

तपाईको प्रतिक्रिया