श्री मोक्षधाम सेवा आश्रम रुपन्देहीको १३ औँ बार्षिक साधारण सभा, १९ कोठाको उद्धघाटन
बिन्दु भट्टराई,तिलोत्तमा ३१ जेठ ।
श्री मोक्षधाम सेवा आश्रम तिलोत्तमा ६ पश्चिम पहुनी रुपन्देहीको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सेवा आश्रमले शनिबार गरेको साधारण सभामा हालसम्म भएका प्रगति,आयव्याय तथा आगामी योजनाका विषयमा जोड दिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले धार्मिकताले मान्छेलाई माथी उठाउँने हुनाले धर्मको स्थायीत्व र संरक्षणका लागि एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रमुख खाँणले मोक्षधाम सेवा आश्रमलाई साझा धार्मिक महत्वका रुपमा लिन जिल्ला वासिलाई नै आग्रह गर्नुभएको छ । उहाँले यसको बिकासलाइ तिब्र गतिमा लैजान सकेको पहल गर्ने प्रतिबद्दता जनाउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले मोक्षधामले तिलोत्तमाको गरिमालाई उचोँ पार्न सकेको र देशमै धार्मिक तथा पर्यटकिय हिसावले सम्भावना बोकेको स्थल बन्ने चरणमा रहेको उल्लेख गर्नुभएको छ । उपप्रमुख चौधरीले श्रावण महिनामा १ महिना मात्र भिडभाड हुने आश्रमलाई १२ महिनानै चल्ने गरी योजना बनाउन सुझाव दिनुभयो ।
उहाँले भौतिक बिकास,मानवीय विकास संगै पर्यटकिय विकास पनि संगै लैजाने गरि नगरपालिका अगाडि बढेको स्पष्ट पार्नुभएको छ । त्यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठकले नेपालका ४ धाम र भारतका ४ धाम गरी ८ धाम एकैठाम निर्माण गर्ने गरि अगाडी बढेको अवस्थामा सबैले स्वच्छ भावनाका साथ चासोका साथ काम गर्न आग्रह गर्नुभएको छ । अध्यक्ष पाठकले धार्मिक स्थलभित्र प्रवेश गर्दा राजनीतिक दलको टोपी बाहिर राखेर अध्यात्मिक भावले प्रवेस गर्न आवस्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले सवैको उद्धेश्य धर्म रक्षा गर्ने भएकोले अन्यत्र मन बाँड्न नहुनेप्रति ध्यानाकर्षण गराउनुभएको हो । उहाँले मोक्षधाम गुरुयोजना सम्पन्न गर्न ७० करोड आवश्यक पर्ने भन्दै त्यसमा पहल गर्दै जाने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।
यो वर्ष मोक्षधाम सेवा आश्रमलाई संघिय सरकारबाट ३ करोड वजेट विनियोजित भएको छ ।
कार्यक्रममा कार्यबहाक अध्यक्ष टिकाराम पाण्डेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मोक्षधाममा निर्माण गरिएको सेवा आश्रमलाई जिल्लाकै सबैले बिबाह ब्रतबन्ध,सभागर्ने गरि सभाहल प्रयोग गर्ने वातावरण बनाएर अगाडि बढ्ने निर्णय गरिएको बताउनुभयो ।
मोक्षधाम सेवा आश्रमका सदस्य बेदप्रसाद न्यौपानेले कार्यक्रम संचालनका क्रममा मोक्षधाम सेवा आश्रममा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै गर्मी मौसममा समस्या भएकोले एसी लगायत अन्य व्यवस्थापनका लागि नगरपालिकालाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा लेखा संयोजक विष्णु प्रसाद रेग्मिले लेखा प्रतिवेदन,विधान मस्यौदा संयोजक युगलराज पाण्डेले शंसोधित विधान प्रस्तुत तथा आनन्द भगत श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा भवनमा दान दाताहरुले १९ वटा बनाईदिएकोमा ति कोठाहरुको समेत उद्धघाटन गरिएको छ ।
तपाईको प्रतिक्रिया