00:00:00
स्थानिय

प्यारामाउण्ट क्रिकेट लिगको दोस्रो दिन गोर्खाज र रोयल्स विजयी

मंगलबार जेठ २८, २०८२/ Tuesday 06-10-25

तिलोत्तमा । जेठ  २६ गते । प्यारामाउण्ट क्रिकेट लिगको दोस्रो दिनको पहिलो खेलमा प्यारामाउण्ट गोर्खाज विजयी हुदै फाइनल दावेदारी प्रस्तुत गरेको छ । मंगलबार बिहान भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङ्ग गरेको प्यारामाउण्ट किङ्घसलाई १६ दशमलव ४ ओवरमा मात्र ७६ रनमा रोक्दै ४ विकेटको जित निकालेको हो । अनावश्यक खराब सटहरु खेलेर विकेट पतन हुदा प्यारामाउण्ट किङ्घसले सोचे जस्तो स्कोर खडा गर्न सकेनन, उसकाअख ब्याट्सम्यानहरु सस्तैमा पेवेलियन फर्किएका थिए ।

प्यारामाउण्ट गोर्खाजको जितमा रोशन बस्यालले नटआउट १८ रन बनाउदा सागर गैरेले १९ तथा अशोक गुप्ताले नटआउट ११ रनको पारी देल्दै टिमलाई जीत दिलाएका थिए । बलिङ्गतर्फ गोर्खाजलाई जिताउन करन केवट, आरिफ अहमद र समुन्द्र गौतमले क्रमश तिन तिन विकेट हात पारेका थिए । खेलमा आरिफ अहमद म्यान अफ दी म्याच घोषित भए । यसैगरि मंगलबार नै भएको दोस्रो खेलमा प्यारामाउण्ट रोयल्सले प्यारामाउण्ट बोल्टसलाई हराउदै आफ्नो उपस्थिति बलियो बनाएको छ । रोयल्सले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको बोल्ट्स १०१ रनमा अलआउट भएपछि प्यारामाउण्ट रोयल्सले २९ रनको जित हात पारेको हो ।

यसअघि सिद्धार्थ रंगशालामा पहिले ब्याटिँग गरेको रोयल्सका लागी सोनी मल्लले ४५ रनको महत्वपुर्ण नटआउट पारी खेलेका थिए । यसैगरि सफल भट्राईले २६ र सचिन जिसिले पनि २६ रन नै बनाएर टिमलाई बलियो स्थितिमा पुर्याएका थिए । उता बोल्ट्का ब्याट्सम्यानहरुको प्रर्दशन विर्सन लायक रह्यो । सागर भण्डारीले २९ रनको उत्कृष्ट पारी खेल्नुका अलावा अन्यको प्रर्दशन खासै गतिलो भएन । खेलमा अलराउण्डर प्रर्दशन गर्दै ३ विकेट र २६ रन बनाएका रोयल्सका सफल भट्राई म्यान अफ दी म्याच भए । प्रतियोगितामा भोली पनि २ खेल हुनेछन ।
 

तपाईको प्रतिक्रिया