00:00:00
खेलकुद

प्यारामाउण्ट क्रिकेट लिग शुरु

उद्धघाटन खेलमा प्यारामाउण्ट गोर्खाज र प्यारामाउण्ट किङ्गस विजयी
सोमबार जेठ २७, २०८२/ Monday 06-09-25

तिलोत्तमा । जेठ  २६ गते ।  प्यारामाउण्ट क्रिकेट लिग २०८२ शुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा सोमबारबाट शुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा प्यारामाउण्ट गोर्खाज र प्यारामाउण्ट किङ्घस विजयी भएका छन । प्रतियोगिताको उद्धघाटन खेलमा टस हारेर ब्याटिङ्ग गरेको प्यारामाउण्ट रोयल्सले निर्धारित २० ओवरको खेलमा ५ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

१४० रनको लक्ष्य पछ्याएको प्यारामाउण्ट गोर्खाजले ८ विकेटको क्षतिमा मात्र १८ ओवर मै १४० रन बनाई जीत हासिल गर्यो । प्यारामाउण्ट गोर्खाजको जीतमा करन केवटले ४१ रन बनाए भने रोशन बस्यालले ३१ र अर्पण तिमिल्सिनाले २२ रनको योगदान दिए । बलिङ्गतर्फ रोयल्सका सफल भठ्ठराई, आसुतोष पाण्डे र नितिश ठाकुरले क्रमश २÷२ विकेट हात पारे पनि जित दिलाउन सकेनन । रोयल्सका लागी सफल भट्राईले सर्वाधिक ४०, आशुतोष पाण्डेले ३९ र क्याप्टेन यमन बोहराले ३४ रन बनाए पनि हार टार्न सकेनन । गोर्खाजका लागी बलिङ्गतर्फ समुन्दर गौतमले २ तथा सागर गैरेले १ विकेट हात पारे । खेलमा विजयी टोली प्यारामाउण्ट गोर्खाजका करन केवट म्यान अफ दी म्याच भए । 

यसैगरि सोमबार नै भएको दोस्रो खेलमा प्यारामाउण्ट बोल्ट्सलाई ७ विकेटले हराउदै प्यारामाउण्ट किङ्गस विजयी भएको छ । पहिले ब्याटिगँ गरेको प्यारामाउण्ट बोल्ट्सले दिएको १०९ रनको लक्ष्य किङ्गसले मात्र ३ विकेटको क्षतिमा १४ दशमलव ३ ओवर खेलेर १११ रन बनाउदै पुरा गर्यो । बोल्ट्सका लागी सागर भण्डारीले सर्वाधिक नटआउट २४ रन, तथा आशिष भट्राइले २२ रन जोडे । बोल्ट्सलाई सस्तैमा समेट्ने क्रममा लेखबहादुर र भविशले क्रमश २÷२ विकेट हात पारे भने माधवले १ विकेट लिए ।

यसैगरि प्यारामाउण्ट किङ्गसको जीतमा सन्देश पन्थिले ४६ तथा नन्दलाल चाईले नटआउट ३९ रनको योगदान दिए । बोल्ट्सका लागी सुप्रिम पाठक र अजय ढकालले एक एक विकेट हात पारे । खेलमा विजयी प्यारामाण्ढट किङ्गसका सन्देश पन्थि म्यान अफ दी म्याच भए । प्रतियोगितामा भोली पनि २ खेल हुनेछन । यसअघि सोमबार नै आयोजित उद्धघाटन सत्रमा क्रिकेट सघं रुपन्देहीका अध्यक्ष हरि बहादुर थापाले बलिगँ तथा प्यारामाउण्ट माविका संस्थापक प्राचार्य दामोदर भुषालले ब्याटिङ्ग गरेर प्रतियोगिताको उद्धघाटन गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि  क्रिकेट सघं रुपन्देहीका अध्यक्ष थापाले विद्यालयस्तरमै अक्सनमा आधारित क्रिकेट प्रतियोगिताको आयोजना गरेर प्यारामाउण्ट माविले उदाहरणीय कार्य गरेको बताए । प्यारामाउण्ट माविका सँस्थापक प्राचार्य डा दामोदर भुषालले क्रिकेट खेललाई देशब्यापी बनाउन विद्यालयले विभिन्न कार्ययोजना बनाएको जनाए । यसैगरी कार्यक्रममा बोल्दै रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका अध्यक्ष तथा प्यारामाउण्ट माविका विद्यालय ब्यवस्थापन समिति सदस्य अर्जुनराज उपाध्ययले देश मै पहिलो पटक अक्सनमा आधारित यो प्रतियोगिताले ग्रासरुट क्रिकेटको प्रवद्र्धनमा टेवा पुर्याउने बताए ।

प्यारामाउण्ट क्रिकेट कमिटिका अध्यक्ष गोपाल ज्ञवालीको सभापतित्व रहेको कार्यक्रममा खेल सँयोजक सुरज बस्यालको स्वागत तथा सुरज पन्थिले कार्यक्रमको सन्चालन गरेका थिए भने कार्यक्रममा क्यानका पुर्व सचिव प्रशान्त विक्रम मल्ल लगायतका बक्ताहरुले मन्तब्य दिएका थिए । 


 

तपाईको प्रतिक्रिया