00:00:00
स्थानिय

बुटवलमा डिजिटल पत्रकारिता तालिम आज पनि जारी रहने

तालिममा ३ जिल्लाका ७० जना पत्रकार सहभागी
शुक्रबार जेठ १०, २०८२/ Friday 05-23-25

बुटवल । जेठ – ९ । बुटवल कालिकानगरमा बिहिबारबाट शुरु भएको डिजिटल पत्रकारिता तालिम आज समापन हुदैछ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा बिहीबारदेखि बुटवलमा शुरु भएको दुई दिने तालिम आज सम्पन्न गरिने आयोजकले जनाएका छन । तालिममा पाल्पा, रुपन्देही र नवलपरासीका ७० जना पत्रकारहरुको सहभागिता रहेको छ । यसअघि तालिमको उद्घाटन समारोहमा बोल्दै नेपाल पत्रकार महसंघका केन्द्रीय सदस्य रामराज पोखरेलले प्रविधिको विकाससंगै पत्रकारले आफुलाई अपडेट गर्नुपर्ने बताए । प्रविधिको ज्ञान सबैलाई आवश्यक रहेको उल्लेख गर्दै उनले पत्रकारिताको पुरानो पुस्ताले पनि समयसंगै आफुलाई परिस्कृत गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौंलागाईंले पत्रकारको क्षमता विकासका लागि महासंघले तालिम र फेलोशिपका कार्यक्रम ल्याएको बताए । उनले आफूहरूले एक करोड राशीको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिए । कार्यक्रममा  राष्ट्रिय समाचार समिति (रासस) का पूर्व  कार्यकारी अध्यक्ष तथा  वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले अहिलेको युग डिजिटल प्रविधिको युग भएको बताए । उनले समयक्रममा विकसित भएका सूचना प्रविधिलार्ई आत्मसात र प्रयोग गर्देै अबको पत्रकारिता बाटो तय गरिनु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य,  महासचिव पाण्डव शर्मा, सन्चार परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहा,  नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नवलपरासी अध्यक्ष केशव पराजुली, संचारिका समूह रुपन्देही अध्यक्ष तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष मिना भट्टराई ढकाललगायतले बोलेका थिए । तालिमको प्रशिक्षक सूचना प्रविधि विज्ञ उज्ज्वल आचार्यलगायत  रहेका छन् ।

तपाईको प्रतिक्रिया