00:00:00
स्थानिय

सम्पूर्ण युवा क्लव सुपौलीद्धारा रक्तदान कार्यक्रमको आयोजना

आइतबार बैशाख २१, २०८२/ Sunday 05-04-25

प्रकाश पाण्डे । बैशाष २१ गते । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १४ सुपौलीस्थित सम्पूर्ण युवा क्लवको आयोजनामा शनिबार तेस्रो रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा १४ का वडा अध्यक्ष आश्विन पौडेलले रक्तदान जीवनदान भन्ने मुलमर्मलाई आत्मसात गर्दै क्लवले आयोजना गरेको रक्तदान कार्यक्रम आफैमा सह्रानिय रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वहाँले विभिन्न सामाजिक कार्य मार्फत आफुलाई चिनाउदै आएको क्लवले गरेका कार्यलाई वडाले समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा, विशिष्ट अतिथि सिद्धार्थ टोल बिकास संस्थाका अध्यक्ष क्षेत्र बहादुर क्षेत्री, पुर्ब जनप्रतिनिधि एवम समाजसेवी ब्यक्तित्व हर्ष बहादुर रम्तेल,  कार्यक्रम संयोजक बिजय थापा  क्लबका अध्यक्ष अबिर पुन पाईजा लगायतको सहधागिता रहेको थियो । ३० युनिट रगत सँकलन भएको कार्यक्रमको सनचालन क्लवका सचिव रबि अर्यालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया