00:00:00
स्थानिय

माओवादी केन्द्र तिलोत्तमा नगर समितिको तेस्रो अधिवेशन आज हुदै

अधिवेशनले अध्यक्ष सहित ५५ सदस्सिय नगर समिति चयन गर्ने
शनिबार चैत ८, २०८१/ Saturday 03-22-25

तिलोत्तमा । चैत्र ९ गते । नेकपा माओवादी केन्द्र तिलोत्तमा नगर समितिको तेस्रो अधिवेशन आज हुदैछ । नगर अधिवेशनको पुर्वसन्ध्यामा आजै बिहान ११ बजे मणिग्राम चोकमा खबरदारी सभाको आयोजना गरिएको छ भने दिउँसो १२ बजे उद्घाटन समारोहको योजना गरिदैछ ।

नगर अधिवेशनको अवसर पारी शुक्रबार नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर समितिको सहयोग तथा वाइसीएल नेपालको आयोजनामा युवा भेला तथा रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको प्रचार प्रसार समिति सँयोजक अनिल चापागाईं (संस्कार) ले जानकारी दिए ।

अधिबेशनका लागी प्रमुख अतिथिको रुपमा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा पुर्व कृषि मन्त्री चक्रपाणी खनाल, पुर्वमन्त्री हकिकुल्लाह खाँ, पुर्वमन्त्री सुदर्शन बराल, सहितका नेताहरु अहिले रुपन्देही आइपुगेको अनिलले जनाए ।

अधिवेशनले अध्यक्ष सहित ५५ सदस्सिय नगर समिति चयन गर्ने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तिलोत्तमा नगर कमिटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया