शिक्षा
पशुपति मा.विका SEE दिने विद्यार्थीलाई शुभकामना कार्यक्रम
बिहीबार फाल्गुण २९, २०८१/ Thursday 03-13-25
तिलोत्तमा । फागुन २८ गते । पशुपति मा.वि., तिलाेत्तमा-१५, काेटिहवाले एक कार्यक्रमका बीच कक्षा ९का विद्यार्थीद्वारा कक्षा १० काे SEE परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई शुभकामना कार्यक्रम आयाेजना गरेकाे छ ।
छात्रा लक्ष्मी काेहारकाे अध्यक्षता, प्रधानाध्यापक श्री वेदनारायण भट्टराईकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रअ भीम बहादुर थापा, शिक्षकहरु कल्पना पाण्डे , जितबहादुर रास्काेटी, निरमाया थापा लगायतले शुभकामना दिनुभएको थियाे ।
उक्त कार्यक्रममा कक्षा१० का विद्यार्थीले शिक्षकहरुलाई सम्मान पनि गरेका थिए ।
तपाईको प्रतिक्रिया