00:00:00
स्थानिय

महिलालाई व्यवसायी बनाउदै सहकारी

शुक्रबार फाल्गुण २३, २०८१/ Friday 03-07-25


बिन्दु भट्टराई तिलोत्तमा,२३ फागुन । 
तिलोत्तमा १० की विना राना च्याउ ब्यवसायी हुन् । २०६६ सालमा ५ सय रुपैयाबाट च्याउ खेती सुरु गरेकी राना अहिले राम्रो आम्दानी गरिरहेकी छन् ।  व्यवसाय थाल्नुअघि विपन्न परिवार पेट  पाल्न निकै धौ धौ थियो । तर सहकारीबाट लिएको ऋणबाट सुरु गरेको ब्यवसायले उनलाई फुसको छानो फालेर पक्कि घरसम्म पुर्याएको छ । च्याउ खेती सुरु गरेकी विना प्रगतिशल महिला विकास बहुउद्धेश्यीय सहकारी संस्थाकी सदस्य हुन् ।  

विनाले आफ्नो सहकारीबाट वर्षको ७ लाख ऋण लिएकी छन् ।  व्यवसाय बढाएर अहिले वार्षिक २२ लाख आम्दानी गर्ने गरेको रानाले सुनाउछिन् । (सहकारीमा सदस्य बनेकाले यो सम्भव भएको हो ) विनाले भनिन ।  उनी आफुले उत्पादन गर्ने च्याउ गुल्मि,अर्घाखांचि,नवलपरासी,भैरहवा र कपिलबस्तुसम्म पुग्ने बताउँछिन् । त्यसो त उनी च्याउ मात्र उमार्दिनन् च्याउको सिजन सकिए लगत्तै उक्त खोरमै १ हजार देखि १५ सय सम्म कुखुरा पाल्छिन् । कात्तिक देखि फागुनसम्म च्याउको सिजन हुन्छ ,यो वर्ष पनि कात्तिक यता ८ लाखको च्याउ बिकृ गरिसकेकी छु । उनी १५ लाख बराबरको च्याउ तयार गरिहेरहेको सुनाउछिन् । रानाले परिवारका सदस्यलाई समेत यही पेशामा जोडेकी छन् । आफु मात्र नभएर रानाको परिवारले नै काममा सघाउंछन् । श्रीमान संगै छोराले सहयोग गर्छन् छोरी थिई छोरीको बिहे भयो बिहेमा पनि रिन खोज्न परेन छोरालाई पढाउंदा पनि ऋण खोजेको छैन,ब्यवसायका लागि खोजेको ऋण ब्यवसायबाटै तिर्ने गरेको छु उनले थपिन् । उनी अहिले गणेशनगरमा शाखा विस्तार गरेर ब्यवसाय गर्ने योजनामा रहेको बताईन् । 

पछिल्लो समय महिलालाई आयआर्जनमा जोड्न सहकारीहरु सजीला माध्ययम बनेका छन । सहकारीका कारण महिलाहरु आत्मनिर्भर मात्र होइन व्यवसायिक बन्न सकेका छन । तिलोत्तमाकै झमछरा छन्त्याल(भुमी बलाल)लाई हेरौं  । उनले  २०६० सालभन्दा पहिला सामान्य कृषि पेशासंगै श्रीमान्को सानो जागिरको भरमा परिवार चलाउंदै आएकी थिईन् । गरेको खेतीपातीले परिवार पाल्न सक्ने अवस्था थिएन । २०६३ सालमा प्रगतिशिल बहुउद्धेश्यीय सहकारीमा सदस्य बनेपछि छन्त्याललाई आफुले पनि केही गर्छु भन्ने आत्मबल बढ्यो । आफुजस्तै महिलाहरुले खोलेको सहकारी भएकोले उनलाई थप काम गर्न हौंसला मिल्यो । अनि सुरु भयो सानो ठाउंमा च्याउ खेती र बाख्रा पालन । छन्त्याल भन्छिन्,त्यो वेला ३ वटा बाख्राबाट बाख्रापालन सुरु गर्दा  आजको अवस्थामा आईपुगुला भन्ने लागेको थिएन । अहिले उनीसंग ४० वटा बाख्रा छन् । अनि च्याउ पनि छदैंछ,च्याउ र बाख्रापालनबाट परिवार आरामले चलेको छ छन्त्याल भन्छिन् । श्रीमानले पनि जागिर छोडेर आउनुभो अहिले मिलेर काम गरेका छौं । उहांले बाख्रा जंगल लानुहुन्छ म च्याउ साईकलमा राखेर घरघरै पुर्याउंछु उनले सुनाईन् । घरघर पुग्ने क्रममा र वजार सम्म बोकेर लैजाने क्रममा कतिपयले सोध्ने गरेको प्रश्नले उनलाई रमाईलो लाग्छ ,म आफै सक्छु त किन अरुलाई भन्नु भन्ने जवाफ दिन्छु उनी हांस्दै सुनाउंछिन् । उनी वार्षिक ४ लाख ऋण लिएर ब्यवसाय गर्ने गरेको र एक वर्ष नहुदै तिर्ने गरेको उनको भनाई छ । सुरुमा खासै नपत्याएका उनका श्रीमान झकबहादुर छन्त्याल आजभोलि भने श्रीमतीको काम देख्दा दङ्ग छन् । अहिले उनीहरुले एक विगाह जग्गा भाडामा लिएर ब्यवसायलाई बढाउने तयारी गरिहेका छन् । 

२०५४ सालमा स्थापना भएको प्रगतिशिल महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था आज २  हजार ८ सय महिला सदस्य संख्यामा पुगेको छ ।  २६ जना महिलाले सहकारीबाटै ऋण लिएर ब्यवसाय गरि सफल उद्यमी बनेका छन् । संस्थापक अध्यक्ष जमुना गिरी भन्छिन् त्यो बेला सहकारी खोल्दा महिलाले के गर्न सक्छन् बहुलाए भन्नेहरु महिलाको आर्थिक उपार्जनको सफलता देखेर अध्ययन र सुझावका लागि पुग्ने गरेको भन्छिन् । 

सहकारीले महिलाहरुलाई ऋण मात्रै दिदैनन् नेतृत्व विकास क्षमता अभिवृद्धि र अध्ययनका लागि प्रोत्साहन जस्ता कार्यक्रमहरु प्नि गरिरहेको छ । उनी भन्छिन , (सुकुम्वासी र विपन्न समुदाय सुरुमा घरघरमा सदस्य बनाउन जांदा भित्र भागेका महिलाहरु आज सदस्य मात्र हैन नेतृत्वका लागि नै दावी गर्ने भएका छन् साह्रै खुसि लाग्छ । )
बुटवलको दुर्दर्शी महिला कृषि सहकारी संस्थाका अध्यक्ष मिना कार्कीको अनुभव पनि उस्तै छ । मीना आफैलाई पनि सहकारीमा आबद्ध भएसँगै महिला पनि सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा अगाडि आउने आँट आउन थालेको बताउंछिन् । स्रोत र साधनमाथि महिलाको पहुँच कम भएको हाम्रो जस्तो समाजमा सहकारीका माध्यमबाट महिला पनि आर्थिक क्रियाकलापमा क्रियाशील देखिन थाले खुसि लाग्छ कार्कीले भन्छिन् । तर समय ब्यवस्थापन र लगानीका सन्दर्भमा अझै पनि समस्या रहेको भने उनको गुनासो छ । अहिले उक्त सहकारीमा १ हजार९ सय महिला सदस्य छन । यस सहकारीमा विपन्न र गरीब धेरै छन । त्यसमध्ये ३ सय महिलाले केही न केही गरेको उनी बताउंछिन् । मीना महिलाले नेतृत्व गरेका सहकारीबाट धरै महिला उद्यमी बनाएको दावी गर्छिन् । उनी भन्छिन्, ( असाध्यै विपन्न महिला पनि सहकारीमा जोडिएपछि ऋण लिएर केही न केही व्यवसाय गरीरहेका छन । 

जनउत्थान सहकारी संस्थाका ज्ञानु पौडेलले सहकारीले धेरै महिलाहरुलाई आत्मनिर्भर बनाउन र उद्योगी व्यवसायी बनाउन सहयोग गरेको बताउछिन । आर्थिक रुपमा सक्षम भएपछि उनीहरु आफुले चाहेअनुसारको जीवन जीउन समेत सक्ने भएको उनले जनाइन । उनले भनिन – आफुसित भएको रकम बचत गर्ने, जम्मा भएको रकम आफु अनुकुल खर्च गर्ने र ऋण लिएर व्यवसाय गर्ने गरेका छन । यसले महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउन सघाएको छ । सबै महिलालाई सहकारीमा आवद्ध गर्ने हो भने अझ बढी आर्थिक उन्नति गर्न सकिन्छ । 

तपाईको प्रतिक्रिया