नवज्योतिमा चम्किए पुर्खे बा, शनिबार रैया चाँदीका गायक आउने
मुल समारोह पनि शनिबार नै
प्रकाश पाण्डे । फागुन २ गते ।
रजत जयन्ति मनाइरहेको रूपन्देहीको तिलोत्तमा ८ चार नम्बरमा रहेको नवज्योति इङ्गलिस बोर्डिंग स्कूलले शुक्रबार विद्यालय प्रागँण मै खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्यो । विद्यालयका सन्चालक, पदाधिकारी, शेयर सदस्य, शिक्षक, कर्मचारी विद्यार्थी तथा अभिभावक लगायतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा ४० पोइन्ट रगत भएको विद्यालयले जनाएको छ ।
विद्यालयको २५ औँ बर्षगाँठका अवसरमा साताब्यापी विभिन्न कार्यक्रमको आयोजना गरिरहेको विद्यालयले शुक्रबार नै कलाकार पुर्खे बा अर्थात पुरुषोत्तम भण्डारीलाई स्टेजमा उतार्यो । सयौँ दर्शकका बीच कलाकार पुर्खे बाले भर्खरै बजारमा ल्याएको लोकप्रिय गीत असाध्यै बढ्या छ चिसो कफी पिउँला सँगसँगै आउ छिटो लगायतका गीत तथा अन्य हास्यब्यँग र प्रहसनमा आफनो प्रस्तुति दिए ।
शुक्रबार स्थानीय ब्याण्ड, कलाकार तथा विद्यार्थीहरुको नृत्य सहितको प्रस्तुतिले पनि दर्शकको मन जित्यो । फागुन ३ गते समापन समारोहका अवसरमा रैया चाँदीका गायककार आशिष अविरलको सहभागितामा विशेष कार्यक्रमको आयोजना सहित मुल समारोहको आयोजना गरिएको रजत जयन्ति मुल समारोह सँयोजक तथा शिक्षक सागर न्यौपानेले जानकारी दिए ।
संघीय साँसद छबिलाल विश्वकर्माले माघ २७ गते आइतबार उद्घघाटन गरेको रजत महोत्सवको मुल समारोहको पहिलो दिन माघ २७ गते मिनि म्याराथन, माघ २८ र माघ २९ गते रुपन्देही जिल्लास्तरीय भलिबल तथा हाजिरीजवाफ प्रतियोगिता, फागुन १ गते आमा अभिभावक बीच नृत्य प्रतियोगिता आयोजना गरेको विद्यालयले भोली फागुन ३ गते मुल समारोहको आयोजना गर्दैछ । २०५६ सालमा स्थापना भएको नवज्योतिमा हाल कक्षा पिजिदेखि १२ सम्म अध्ययन अध्यापन भैरहेको छ भने विद्यालयमा कुल १२ सय बढी विद्यार्थी अध्ययनरत छन ।
तपाईको प्रतिक्रिया