क्रिमसन अस्पतालमा ईसीएचएस सेवा शुरु
पुर्व भारतिय सैनिक तथा आश्रित परिवारको निशुल्क उपचार हुने
तिलोत्तमा । फागुन १ गते । रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा पुर्व भारतिय सेना तथा आश्रित परिवारका सदस्यहरुको निशुल्क उपचार हुने भएको छ । बुधबार अस्पतालमा प्रागँणमा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदुतावासका प्रतिनिधि मेजर नविन कुवँर तथा क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले सँयुक्त रुपमा सेवा शुभारम्भ भएको घोषणा गरे ।
सँझौता अनुसार क्रिमसन अस्पतालमा पुर्व भारतिय सैनिक तथा आश्रित परिवारको उपचार बापतको सम्पुर्ण खर्च अब ईसीएचएसले ब्योहोर्ने छ । यसअघि नै सँझौता पत्रमा हस्ताक्षर भई बुधबार अस्पतालमा एक कार्यक्रमका बीच औपचारिक रुपमा सेवा शुरु भएको जानकारी गराइएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । विशेषगरि तिलोत्तमा आसपासका क्षेत्रमा बसोबास गर्ने पुर्व भारतीय सैनिकहरुलाई अब ईसीएचएस मार्फत प्राप्त हुने उपचार सेवा लिन अन्य अस्पतालहरुमा चहार्नुपर्ने बाध्यताको अन्त्य भएको बस्यालको भनाई छ ।
कार्यक्रममा बोल्दै मेजर नविन कुवँरले क्रिमसन अस्पतालले स्वास्थ्यका क्षेत्रमा आफुलाई अब्बल बनाएको प्रति आफु हर्षित भएको बताए । उनले आधुनिक प्रविधिलाई अँगाल्दै अघि बढेकोमा अस्पताल प्रशाशनलाई धन्यबाद सहित बधाई समेत ब्यक्त गरे । कुवँरले अस्पतालको बढ्दो आर्कषणलाई मध्यनजर राखेर नै सँझौता गरिएको बताए । उनले क्रिमसनसँग गरिएको निशुल्क उपचार सम्बन्धि सँझौताले यसक्षेत्रका थुप्रै पुर्व सैनिकहरु लाभान्वित हुने कुराले आफुलाई थप उत्साहित बनाएको बताएका छन ।
कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले पुर्व सैनिकहरुको ब्यवस्थित उपचारका लागी ईसीएचएस सेवा अन्र्तगत छुट्टै टिकट काउण्टर तथा कर्मचारीको ब्यवस्था गरिएको बताए । अध्यक्ष पाण्डेले पुर्व सैनिकहरुसँगसँगै अस्पताल आउने हरेक विरामीलाई पाहुनाको रुपमा स्वागत गर्दै अपनत्व महसुस हुने गरि सर्वसुलभ स्वास्थ्य उपचार सेवा प्रवाह भैरहेको जानकारी दिए ।
अस्पतालका सन्चालक कृष्णप्रसाद अर्यालको सँचालन रहेको कार्यक्रममा सुवेदार मेजर पुरन शाही, सुवेदार मेजर होम बहादुर दगामी, अस्पतालका निर्देशक डा शेखर पोख्रेल, क्रिमसन कलेजका प्रिन्सिपल देवी भण्डारी, सन्चालक बाबुराम भट्टराई, प्रमुख प्रशाशकिय अधिकृत मनमोहन भट्टराई, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल सहित भारतीय पुर्व सैनिकहरु, अस्पतालका चिकित्सक एवँ कर्मचारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया