जनविकास सहकारीका नव निर्वाचित पदधिकारीको सपथग्रहण
प्रकाश पाण्डे । माघ २९ गते ।
जनविकास कृषि सहकारी संँस्था लिमिटेड तिलोत्तमा १५, कोटिहवामा नव निर्वाचित सञ्चालक तथा लेखासुपरीवेक्षण समितिका पदधिकारीहरूको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।
निर्वाचन समितिका संयोजक कृष्णप्रसाद नेपालको अध्यक्षता ,तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँड तथा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचन समिति सयोजक नेपालले सपथ ग्रहण गराउनुभएको थियो ।
निर्वाचन समिति सदस्य गणेशप्रसाद शर्माको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि खाँड ,विशिष्ट अतिथि चौधरी, एमाले अध्यक्ष यज्ञ गैह्रे,संस्थाका निवर्तमान अध्यक्ष हरिलाल पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यषहरू विभिन्न पार्टीका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू संस्थाका व्यवस्थापक मोहन भण्डारी लगायतको सहभागिता रहेको थियो । नव निर्वाचित खदअध्यक्ष वेद गिरीले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा निर्वाचन समिति सदस्य हेमन्त पाण्डेले टीका लगाइदिनुभएको थियो भने पञ्चकन्या प्रालिका उपाध्यक्ष धु्रवकुमार श्रेष्ठले उपहार स्वरूप डायरी प्रदान गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया