00:00:00
स्थानिय

तिलोत्तमा १५ मा बक्तृत्वकला, चित्रकला, बालगीत तथा लोकनृत्य प्रतियोगिता सम्पन्न

शुक्रबार माघ २५, २०८१/ Friday 02-07-25

प्रकाश पाण्डे । माघ २५ गते ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १५ मा बक्तृत्वकला, चित्रकला, बालगीत तथा लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । तिलोत्तमा वडा न १५ को आयोजनामा वडास्तरीय अन्तर विद्यालय प्रतियोगिता आयोजना गरिएको कार्यक्रम सँयोजक तथा नोबल इन्भायरोमेन्ट विद्यालयका प्रबन्धक सुन्दर गुरुगँले जानकारी दिए ।, मधवलियामा रहेको गुरुगँ समाज भवनमा शुक्रबार आयोजित वडास्तरीय अन्तर विद्यालय प्रतियोगितामा सामुदायिक र सँस्थागत गरि वडाभित्रका कुल ६ वटा विद्यालयहरुको.सहभागिता रहेको थियो ।

जसमा कक्षा १ देखि ५ सम्मको बक्तृत्वकलातर्फ पशुपति माविका आकाश घिमिरे प्रथम, सँजिवनी शिक्षा सदनका आहाना आचार्य द्धितिय, नोबल इन्भायरोमेन्टका युनिक अधिकारी तृतीय तथा पर्ल माविका सँझना घिमिरे तृतीय भएकाख छन । यसैगरि बक्तृत्वकलातर्फ नै कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु मध्येबाट नोबल इन्भायरोमेन्टका प्रतिक्षा केसी प्रथम, सँजीवनी शिक्षा सदनका प्रजोलका बस्याल द्धितिय, मधवलिया माविका समिक्षा विक तृतीय तथा सिद्धार्थ ग्यालेक्सीका समिता भटट्राईले तृतीय स्थान हासिल गरे ।

यसैगरि चित्रकला प्रतियोगितामा सँजीवनी शिक्षा सदनका मोहित केसी प्रथम, सिद्धार्थ ग्यालेक्सीका मेघा गुरुगँ द्धितिय, नोबल इन्भायरोमेन्टका भुवन पराजुली तृतीय तथा पर्ल माविका सृष्टि जैसवालले प्रोत्साहान स्थान हासिल गरे । समुहगत बालगीत तर्फ नोबल इन्भायरोमेन्ट प्रथम, सँजीवनी शिक्षा सदन द्धितिय, पर्ल मावि तृतीय तथा पशुपति माविले प्रोत्साहन स्थान हासिल गरेका छन । यसैगरि लोकनृत्य तर्फ सँजीवनी शिक्षा सदन प्रथम, नोबल इन्भायरोमेन्ट द्धितिय, पर्ल मावि तृतीय तथा पशुपति माविले सान्त्वना स्थान हासिल गरे ।

यसअघि उद्धघाटन सत्रमा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख तथा कार्यक्रममा प्रमुख अतिथि जगेश्वर देवी चौधरीले विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले आयोजित कार्यक्रम अत्यन्तै फलदायी रहेको भन्दै वडाले गरेको सह्रानिय कार्यलाई सबैले आत्मसात गर्नुपर्ने बताए । उनले विद्यार्थीहरु भविश्यमा के बन्ने र कसरी अगाडी बढ्ने भन्ने कुरालाई यस्ता कार्यक्रमले गति दिने भन्दै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने बताइन । 

कार्यक्रमका बोल्दै तिलोत्तमा वटा न १५ का अध्यक्ष खेमराज गुरुगँले विद्यार्थीहरुलाई निर्धक्क बोल्न र आफ्ना कुराहरु निर्धक्क राख्न यसखाले कार्यक्रम फलदायी हुने भन्दै आगामी बर्ष बजेट बढाएर अझ बृहत्तर ढँगल ेकार्यक्रम गरिने बताए । उनले विद्यार्थीको बौद्धिक विकाशका लागी यस्ता कार्यक्रम  अति आवश्यक रहने पनि प्रष्ट पारे । विद्यार्थी युनिशा गिरिको सन्चालन रहेको कार्यक्रममा वडा सदस्य क्षितिजा पौडेलको स्वागत मन्तब्य तथा जनप्रतिनिधीहरु घनश्याम थापा, कल्पना बासी, सोहरत प्रसाद चौधरी, वडा सचिव मान बहादुर खाति, टोल विकाश सन्जालका अध्यक्ष बाबुलाल बन्जाडे लगायतको सहभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया