स्वास्थ्य
सुर्खेतमा बस र मिनी ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
बिहीबार माघ १७, २०८१/ Thursday 01-30-25
काठमाण्डौ- २०८१ माघ १७
सुर्खेतको भेरीगंगा नगरपालिका–३ सतरीस्थित सडकमा ना ४ ख ६२६३ नम्बरको बस र कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक बिहीबार दिउँसो एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ट्रक चालक दैलेखकको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मगरको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृतयु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
सोही दुर्घटनामा परेर घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया