00:00:00
खेलकुद

जनभावना मावि दीपनगरको साताब्यापी खेलकुद कार्यक्रम

फुटवलको फाइनल खेल आगामी शुक्रबार खेलाइने
बुधबार माघ १६, २०८१/ Wednesday 01-29-25

प्रकाश पाण्डे ।  माघ १६ गते ।

जनभावना मावि तिलोत्तमा ८ दीपनगरको साताब्यापी खेलकुद कार्यक्रम जारी छ । विद्यालयको आफ्नै खेल मैदानमा जारी खेलकुद महोत्सवमा मँगलबार हाइजम्प, स्पुन एण्ड मार्वल रेस, बेलुन ब्लाष्ट, टग अफ वार, बेलुन डान्स, चकलेट रेस, भलिबलको फाइनल लगायतका खेलहरु सम्पन्न भएका छन ।

फुटवलतर्फ भने फाइनल बाहेकका खेलहरु सम्पन्न भएको र फाइनल तथा अन्तिम खेल आगामी शुक्रबार खेलाइने खेल सँयोजक तथा शिक्षक सोमबहादुर थापाले जानकारी दिनुभयो । विद्यालयको ३४ औँ बार्षिकोत्सवको अवसर पारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खत्रीको अध्यक्षतामा आइतबारबाट खेल सप्ताह शुरु भएको हो ।

विद्यालयका प्राचार्य शम्भु प्रसाद पराजुलीले एथलेटिक्स लगायत विभिन्न विधामा विद्यार्थीहरुले हाउस वाइज प्रतिस्प्रर्धा गरिरहेको जानकारी दिनुभयो । वहाँले तिलोत्तमा नगरपालिकाका उत्कृष्ट विद्यालयहरु मध्ये एक मानिएको जनभावना माविले पछिल्लो समय शिक्षा क्षेत्रमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा समेत आफुलाई अब्बल बनाउदै लगेको बताउनुभयो । विद्यार्थीहरुमा अन्तरनिहित क्षमता पहिल्याउन यसखाले कार्यक्रम उपयोगी हुने पराजुलीको बुझाई छ ।
 

तपाईको प्रतिक्रिया