लर्ड बुद्ध ज्ञानज्योति इँग्लिश बो स्कूलमा साताब्यापी खेलकुद शुरु
कुल ७०० मेडलका लागी ६० तहगत विधामा प्रतिस्प्रर्धा गराइदै
प्रकाश पाण्डे । माघ १४ गते ।
पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रुपन्देहीको तिलोत्तमा १४ टिकुलिगढमा अवस्थित लर्ड बुद्ध ज्ञानज्योति इँग्लिश बोर्डिङ्ग स्कूलमा साताब्यापी खेलकुद शुरु भएको छ । खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्न आयोजित सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीलाई विभाजन गरि प्रतियोगिता गराईएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले कुल ७०० मेडलका लागी ६० तहगत विधामा प्रतिस्प्रर्धा गर्दैछन ।
कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा कराँते, भलिबल, फुटवल, रिले दौड, सटपट, हाइजम्प, लङजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड लगायत विभिन्न खेल विधाहरूमा प्रतिस्प्रर्धा गराइदै छ । खेल सप्ताहमा आज प्रि प्राइमरी तर्फ छात्र छात्रा दुवैका लागी फ्रग रेस, मार्वल रेस, स्वीट रेस आयोजना गरिएको छ भने प्राइमरीतर्फ छात्र छात्रा हट पोटयाटो, म्याधम्याटिकल रेस, स्किपिगँ आयोजना गरिएको छ भने जुनियरतर्फ छात्र छात्रा दुवैका लागी स्किपिगँ, स्लो साइकल रेस, बल ब्यालेन्सिगँ र सिनियरतर्फ ट्रयाक प्रिपिरेसन हुनेछ ।
खेल सप्ताहको उदघाटन कार्यक्रममा बोल्दै स्कूल सञ्चालक समितिका अध्यक्ष प्रमोद यादवले विद्यालयले खेलकुदसँगै अन्य विधालाई समेत प्राथमिकतामा राखेर आफ्नो योजना अघि बढाएको बताए । सोही अवसरमा बोल्दै विद्यालयका प्रध्यानाध्यापक तुलबहादुर सराँगकोटीले खेलकुदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग पुर्याउनुका साथै मानसिक रुपमा पनि बलियो बनाउन सहयोगी भूमिका खेल्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवँ तिलोत्तमा वडा न १४ का अध्यक्ष आश्विन पौडेलले मानवीय गुणहरुको विकाशसँगै मानसिक, शारिरीक तथा सामाजिक क्षेत्रमा समेत बलियो र दरिलो बनाउन खेलकुदले महत्वपुर्ण भूमिका खेल्ने जनाए ।
उनले शैक्षिक गुणस्तरसँगसँगै हरेक विधामा आफुलाई अब्बल बनाउन लागिपरेको विद्यालय तिलोत्तमा १४ कै मात्र नभई राष्ट्र कै गहनाका रुपमा रहेको बताए । कार्यक्रममा नेपाल कराँते महासँघ लुम्बिनी प्रदेश सँरक्षक तथा जापान गोजुरियो डो मिसन सँघ नेपालका प्रमुख सल्लाहकार भरत केसी, जापान गोजुरियो डो मिसन सँघ नेपालका सँस्थापक अध्यक्ष तथा प्रशिक्षक केबी राना, अतिथिहरु तिलोत्तमा नगरपालिका खेलकुद विकास समिति सँयोजक लोक पुन, जापान गोजुरियो डो मिसन सँघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष प्रेम जिएम, विद्यालयका प्रवन्ध निर्देशक नारायण भण्डारी, पत्रकारद्धय प्रकाश पाण्डे, गोपाल पाण्डे, शिक्षक कर्मचारी, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
उद्घाटन सत्रमा विद्यार्थीहरुले मार्च पास तथा परेड समेत गरेको कार्यक्रममा विद्यालयका खेलकुद सँयोजक रोशन शर्माले साताभरि आयोजना गरिने खेल कार्यक्रमका विषयमा जानकारी गराउनुभएको थियो भने शिक्षक काशीाराम ढकालले उद्धघाटन सत्रको सनचालन गरेका थिए ।
तपाईको प्रतिक्रिया