00:00:00
स्थानिय

तिलोत्तमाका १५ जना नगर प्रहरी जवान दिक्षित

सशस्त्र प्रहरीबलबाट लिए तालिम
सोमबार माघ ७, २०८१/ Monday 01-20-25

तिलोत्तमा २०८१ माघ ०७

 तिलोत्तमा नगरपालिकाले आह्वान गरेको नगर प्रहरी भर्नाबाट छनोट भएका १५ जना नगर प्रहरीलार्ई आईतवार दिक्षित गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीमा विगत एक महिनादेखि आधारभूत तालिम लिएका नगर प्रहरीलाई तालिमको समापनसँगै दिक्षित गरिएको हो ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांण, उप प्रमुख जगेश्वरी देवि चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद  भण्डारी र गणका गर्णपती आनन्द बहादुर थापा तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगर प्रहरीलाई सामुहिक रुपमा दिक्षित गरेका हुन् ।

 सोही अवसरमा नगर प्रमुख रामकृष्ण खांणले तालिम सकाएर दिक्षित भएका नगर प्रहरीहरुलाई स्वागत गदै नगरवासीलाई सुरक्षाको प्रत्याभूती दिलाउनका लागि नै नगर प्रहरीको संख्या बढाएको बताउनुभयो। खांणले राज्यको दायित्व पहिला गांस बांस र कपास रहेकोमा त्यसमा अहिले शिक्षा, स्वास्थ्य र सुरक्षा थपिएकोले स्थानीय तहले पनि नगरवासीको सुरक्षाको जिम्मा लिनु पर्ने भएकाले नगर प्रहरीको जिम्मेवारी निकै प्रभावकारी हुने धारणा राख्नुभयो।

   नगर उप प्रमुख जगेश्वरी देवि चौधरीले तालिमका दौरानमा सिकेका विषयलाई  कार्यस्थलमा हुबहु प्रयोग गर्दै नगर र सार्वजनिक सम्पत्तिको सुरक्षासँगै आमनागरिकको सेवामा खट्नेमा विश्वास व्यक्त गर्नुभयो। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारीले तालिममा सिकेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिनुभयो। गणका गणपती आनन्द बहादुर थापाको अध्यक्षतामा दीक्षान्त कार्यक्रम गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया