00:00:00
स्थानिय

नगरपालिकाले कर्मचारी नदिएको भन्दै वडा अध्यक्षले लगाए आफ्नै कार्यालयमा ताला

शनिबार माघ ५, २०८१/ Saturday 01-18-25

देवदह २०८१ माघ ०५

  रूपन्देहीको देवदह नगरपालिकामा वडा अध्यक्षले आफ्नै वडा कार्यालयमा तालाबन्दी गरेका छन ।
 लामो समयसम्म नगरपालिकाले कार्यालय सहयोगी नपठाएको भन्दै वडा नं. ११ का वडा अध्यक्ष दुधनाथ यादवले शुक्रबार आफनै कार्यालयमा ताला लगाएका हुन  ।

वडा अध्यक्ष यादवका अनुसार दुई महिना अघि वडामा कार्यरत कर्मचारी सेवा निवृत्त भएपछि कार्यालय सहयोगी पठाइदिन निरन्तर अनुरोध गर्दासमेत कर्मचारी पठाइएन । अध्यक्ष यादवले "ज्यालादारीमा केही समयअघि घोडाहाका एक जना व्यक्ति पठाएपनि उनी समयमा कार्यालय आउन नसकेपछि काम गर्न सकेनन ।"

तपाईको प्रतिक्रिया