00:00:00
मनोरन्जन

रिभर साइड माघी मेला २०८१ मा दर्शकहरुको घुइचोँ

मंगलबार माघ १, २०८१/ Tuesday 01-14-25

प्रकाश पाण्डे
तिलोत्तमा- २०८१ माघ १

 रिभर साइड युथ क्लब तिलोत्तमा–६ गोरकटवाको आयोजना रहेको माघी मेला २०८१ सम्पन्न भएको छ । आठौ सँस्करणको रिभर साइड माघी मेला २०८१ हेर्न हजारौँको सँख्यामा उपस्थित दर्शकहरुले भरपुर मनोरन्जन लिदै आयोजकलाई धन्यबाद दिएका छन । क्लबले माघे सँक्रान्ति पर्वको अवसर पारी हरेक बर्षको माघ १ गते आयोजना गर्दै आएको मेलाले अनेकतामा एकताको सन्देश प्रवाह गर्न सफल भएको उपस्थित पाहुनाहरुको प्रतिक्रिया थियो ।

तिलोत्तमा–६ गोरकटवा स्थित मणिग्राम फर्साटिकर तिनाउपुल छेउ क्लवको मैदानमा मँगलबार भब्य रुपमा आयोजित मेलामा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाड, उपप्रमुख जगेश्वरदेवी चौधरी, तिलोत्तमा वडा न ६ का अध्यक्ष गणेश पाठक, नगर खेलकुद विकाश समिति सँयोजक लोक पुन, कार्यपालिका सदस्यहरु नर बहादुर छन्तेल, रवि सेन्चुरी, क्लवका अध्यक्ष दिवस थापा, सहसचिव निर्मल भण्डारी लगायतले साँस्कृतिक विविधतालाई आत्मसात गर्दै नेपालीे मौलिकता जगेर्नामा विशेष ध्यान दिएको मेलाको छुट्टै पहिचान रहेको भन्दै प्रशंशा गरे ।

चर्चित उद्घोषक सुमन श्रेष्ठले सन्चालन गर्नुभएको कार्यक्रममा खिचडी, ढिकरी लगायतका स्थानीय खानपान तथा विभिन्न थरिका रहनसहन र साँस्कृतिक प्रस्तुतिलाई मुख्य प्राथमिकतामा राखेर मेलाको आयोजना गरिएको थियो । मेलामा ख्यातिप्राप्त कलाकार लोक तथा दोहोरी गीत गायक श्रीस देवकोटा, हास्यकलाकार तथा दोहोरी गायक पुर्षोत्तम भण्डारी पूर्खे बा, लोक दोहोरी गायिका कोपिला न्यौपाने, ख्यातिप्राप्त डान्सर तथा तिलोत्तमा आइडल आशिका थापा, निसिम झेंडी,जोयना थापा सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति साथै धिमे, सोरठी, टप्पा, थारु नाच, लाखे नाच एवँ लाइभ म्युजिक लगायतका प्रस्तुतिमा कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । निःशुल्क प्रवेश रहेको मेलामा हजारौँ दर्शक माझ आयोजकले अर्को साल भेट्ने बाचा समेत गरेका छन ।

तपाईको प्रतिक्रिया