00:00:00
शिक्षा

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले तेस्रो क्रिएटिभ फेस्ट गर्दै

माघ १५ र १६ गते दुई दिवशीय फेस्टको आयोजना
सोमबार पौष २२, २०८१/ Monday 01-06-25

तिलोत्तमा २०८१ पौष २२

  ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमीमा) माघ १५ र १६ गते दुई दिवशीय क्रिएटिभ फेस्ट हुने भएको छ । showing the creativity भन्ने मूल नाराका साथ विद्यार्थीका विभिन्न क्षेत्रमा रहेको सृजनशीलतालाई प्रस्फुटन गर्ने उद्देश्यका  साथ विभिन्न विषयमा विधागत महोत्सव हुने विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले जानकारी दिए। हरेक विद्यार्थीमा फरक फरक किसिमको  सृजनशीलता हुन्छ। यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो प्राचार्य बुढाथोकीले भने । कार्यक्रममा मूलत विद्यार्थीको सृजनशीलताको प्रदर्शनी हुने छ।

मुल रुपमा कृयटिभ फेस्टमा आर्ट एक्जिबेशन, आर्केड एण्ड  एट्रेक्सन, क्राउड डिपार्टमेन्ट, ई स्पोर्ट्स , गायन तथा नृत्य, नाटक  प्रहसन, खाना महोत्सव,हेल्थ एण्ड  सेफ्टी ,हन्टेड हाउस ,क्याफे , प्राइमेरी फेस्ट , रोबोटिक र नर्शरी रहने इभेन्ट सुपरभाइजर तथा +२ का विद्यार्थी  सुजल बस्यालले  बताए ।  यो ऐतिहासिक  कार्यक्रम  भएकाले सम्पूर्ण  क्षेत्रबाट साथ र सहयोगको अपेक्षा  गरिएको  इभेन्ट  म्यानेजर तथा कक्षा १२ का विद्यार्थी  संकल्प पोखरेललेजानकारी दिए । कृयटिभ फेस्ट कृयसनको प्रस्फुटन  मात्रै  नभएर विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासको महत्त्वपूर्ण  कडी हो तसर्थ  व्यापारिक घराना , उद्योगी  व्यावसायीलाई यो महत्त्वपूर्ण  कार्यक्रममा  आफ्नो व्यापार  व्यावसायको प्रबर्द्धन  गर्न सक्दो स्पोन्सनसिप गरिदिनु हुन स्पोन्सर म्यानेजर कृतार्थ श्रीवास्तवले सबेलाई आह्वान  गरे ।

कक्षा पिजीदेखि १२ सम्मका विद्यार्थीको सक्रिय  सहभागी हुने यो दुई दिवसीय  प्रदर्शनी  पूर्णरूपमा  मौलिक, सृजनशील र पृथक हुने भएकाले सबैले जिम्मेवारी अनुसार भूमिका निर्वाह गरि भव्य  र सभ्य बनाउनलाग्नस पर्ने  + २ संयोजक महेश पौडेल, एडमिसन एवम मार्केटिङ  म्यानेजर दिनेश चापागाईं र विद्यालयका व्यावस्थापक उमेश कँडेलले  बताए । कृयटिभ फेस्ट मूलत विद्यार्थीको नेतृत्व, आइडिया र व्यवस्थापनमा सञ्चालन  हुने मोफसलको  एक मात्रै  कार्यक्रम  हो। यसले विद्यार्थीमा आलोचनात्मक  चेतको विकास गरि  समस्या  समाधान, उद्यमशीलता ,लेखन र भाषण कलाको विकास ,जिम्मेवार  र उत्तरदायी  व्यक्ति रत्व  र सामुहिक सीपको भावना विकास गराउने जानकारी विद्यालयकी निर्देशक पुष्पा कँडेलले व्यक्त गरिन।

ब्रिटिस ग्रामर स्कुल रुपन्देही  नेपालको सबैभन्दा  ठूलो शैक्षिक  घराना ब्रिटिस एजुकेसन  ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय  स्तरको विद्यालय हो। यो विद्यालयका भगिनी शैक्षिक  संस्थाहरु चितवन , पोखरा, काठमाडौ, दुबई, क्यानाडा  र बेलायतमा रहेको  छ । यस किसिमको अद्वितीय  कार्यक्रम  हेर्न रुपन्देही  जिल्ला र बाहिरका शैक्षिक  प्रतिष्ठान  , संघ संस्था, व्यापारिक घराना, अभिभावक, विद्यार्थी, शिक्षासँग सरोकार  राख्नुहुने पत्रकार, शिक्षाविद्  सबैमा हार्दिक निम्तो गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र  कुँवरले सगौरव जानकारी  दिए।

तपाईको प्रतिक्रिया