00:00:00
स्थानिय

आर्थिक बिकास  र उद्यमी उत्पादनको बिकल्प सहकारी

शनिबार पौष १३, २०८१/ Saturday 12-28-24

बिन्दु भट्टराई,तिलोत्तमा १३ पुस ।
आर्थिक बिकास  र उद्यमी उत्पादनको बिकल्प भनेकै सहकारी भएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनीहरुले ऋण लिनुभन्दा सहकारीबाट पैंचो लिएर उद्यमी बन्न सुझाव दिएका हुन् । मिरमिरे बहुमुखी  सहकारी संस्था लिमिटेड को शनिबार वनवाटीकामा सम्पन्न २५ औं साधारण सभा तथा  रजत महोत्सवको अवसरमा बोल्दै प्रमुख अतिथी तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँडले तिलोत्तमा ऋण लिएर नभई पैचो लिएर उद्दम बनाउने गरी लागिरहेको बताउनुभएको छ । नगरप्रमुख खांडले नेपालको गरिवीलाई हटाउन सहकारीले खेलेको भुमिकाको चर्चा गर्नुभएको छ ।

उहांले तिलोत्तमामा झण्डै १ सय  सहकारी रहेको भन्दै नेतृत्व ब्यक्तित्व र स्वरोजगारका लागि पनि सहकारीको बिकासमा नगरपालिका सकारात्मक रहेको बताउनुभयो ।

त्यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले सहकारी चिनेर सदस्य बन्न आग्रह गर्नुभएको छ  । चौधरीले सहकारीले आम नागरिकले उत्पादन गरेका सामग्रीलाई सहकारीले खरिद गर्न सुरु गरेको प्रती प्रशंसा ब्यक्त गर्नुभयो । उपप्रमुख चौधरीले दुग्ध किसानहरुले नगरभित्रका शेयर सदस्यहरु मिलेर संचालन गरेको बिशिष्टिकृत सहकारीमा संका नगरि लगानी गर्नुपर्ने खांचो औंल्याउनुभयो ।

मिरमिरे बहुमुखी  सहकारी संस्था लिमिटेडका अध्यक्ष  कृष्ण प्रसाद पाण्डेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले बृद्द अवस्थामा आर्थिक सुरक्षा नितीलाई अवलम्बन गरेको दावी गर्नुभयो   । उहाले सहकारीले ब्यवसाय प्रवद्र्धनका लागि विशेष छुट दिएको समेत बताउनुभयो ।

लेखा संयोजक रमेश पाण्डेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा जमुना लम्साल,उपाध्यक्ष जानुका भुसाल,सल्लाहकार नारायण प्रसाद अर्याल लगायतले विधी ,नीति र प्रविधीमा चलेका सहकारीसंग डराउन नपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष देवी प्रसाद पंगेनी, वडा सदस्य क्षितिजा पौडेल,जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचन,वास सहकारीका अध्यक्ष खेम गौतम  लगायतको उपस्थिति रहेको कार्यक्रममा पुर्व अध्यक्षहरुलाई,जेष्ठ शेयर सदस्य,उपाध्यक्ष तथा पुर्व उपाध्यक्ष, लेखा समिति  संयोजक लगायतलाई सम्मान गरिएको संस्थापक अध्यक्ष केशवराज उपाध्यायले जानकारी गराउनुभयो । 

तपाईको प्रतिक्रिया