बिन्दु भट्टराई,तिलोत्तमा ३० मंसिर
तिलोत्तमा खृस्टियन समाजले सरसफाई कार्यक्रम गरेको छ । खृस्मसको पुर्व सन्ध्यामा समाजले आईतबार तिलोत्तामा ५ मणिग्राममा सरसफाई गरेको हो । सरसफाई कार्यक्रमको सुभारम्भमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांडले समाजले नविनतम कार्य गरेको भन्दै यस्ता अभियानले सामाजिक संस्कारमा टेवा पुग्ने बताउनुभयो ।
प्रमुख खांडले तिलोत्तमालाई माथी उठाउनका लागि यी अभियानले महत्वपुर्ण काम गरेकोप्रति प्रशंसा गर्नुभयो । उहांले अन्य संघसंस्था परिवारले पनि अनुसरण गर्न सके स्वच्छ वातावरण संगै नगरवासिको स्वास्थ्यमा समेत सकरात्मक असर पुर्याउने विस्वास ब्यक्त गर्नुभयो ।
कृश्चियन समाज तिलोत्तमाका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष थापाले तिलोत्तमा नगरपालिकाको सरसफाई अभियान र यहिको नगरबासि भएकोले दायित्व अनुरुप सरसफाई कार्यक्रम संचालन गरेको बताउनुभयो ।
त्यस्तै जिल्ला खृस्टियन समाजका अध्यक्ष सुरजकुमार थापाले स्वच्छता सभ्यताको प्रतीक भएको भन्दै एकदिन मात्र नभएर सरसफाईलाई एउटा अभियानकै रुपमा चलाउनुपर्ने खांचो औंल्याउनुभयो ।
त्यस्तै समाजका सल्लाहकार घनसिंघ पुन,समाजका नगर सचिव प्रेम क्षेत्री लगायत अन्य सहभागिहरुले सरसफाईयुक्त नगर भनेर चिनिन सफल नगरपालिकालाई दिगो राख्नका लागि सरसफाई कार्यक्रम गरिएको भन्दै यसरी कार्यक्रममा सहभागि हुन पाउंदा खुसी लागेको बताउनुभएको छ । समाजले शान्ति नमुना माध्यमिक विद्यालयदेखि गृवाण मन्दिर सम्म सरसफाई गरेको हो ।
तपाईको प्रतिक्रिया