लिटिल प्याराडाइजको शैक्षिक अन्तरक्रिया मँगलबार पनि जारी
प्रकाश पाण्डे । मँसीर २५ गते । लिटिल प्याराडाइज इंग्लिश मिडियम स्कूल तिलोत्तमा ७ भलवारीले सोमबारबाट शुरु गरेको शैक्षिक अन्तरक्रिया कार्यक्रम मँगलबार पनि जारी राखेको छ । विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरेको विद्यालयले मँगलबार प्राइमरी तहका विद्यार्थीका अभिभावक बोलाएर अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष जितेन्द्र बौडेल जीतुले बालबालिकाहरुमा गरिएको लगानीले भोलीका दिनमा सुनौलो बिहानी ल्याउने बताउँदै सही र समयसापेक्ष शिक्षा प्रदान गर्न विद्यालय सदैव तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा अभिभावकहरुको जिज्ञासा मेटाउदै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले विषयगत शिक्षासँगसँगै विद्यालयले ब्यवहारिक शिक्षा समेत प्रदान गरिरहेको बताउनुभयो । अतिरिक्त क्रियाकलापमा सदैव जोड दिदै आएको विद्यालयले नृत्य, सँगीत तथा खेलकुद लगायतका विभिन्न विधामा समेत विज्ञ शिक्षकहरुलाई समेटेर अघि बढेको बताउनुभयो । प्राचार्य ज्ञवालीले सामाजिक तार्किक क्षमतामा ह्रास आइरहेको बर्तमान सन्दर्भमा विद्यार्थीहरुमा राम्रा बानीको विकाश गर्दै असल अभ्यास सहितको शिक्षण सिकाई गर्न विद्यालय परिवार कटिबद्ध रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष सिता पुनको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यालयका सहायक प्राचार्य मोहन थारु, शिक्षक अभिभावक संघका सदस्य विष्णु पाण्डे, भलवारी ब्याडमिन्टन क्लवका सचिव दीपेन्द्र राना, डेन्टिस्ट डा आशा श्रेष्ठ, शिक्षाविद त्रिलोचन गौतम, विद्यालयका जुनियर शैक्षिक संयोजक संझना खरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन सिनियर शैक्षिक संयोजक रामचन्द्र तिवारीले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया