00:00:00
स्थानिय

तिलोत्तमा  ११ द्धारा चाडपर्व सुरक्षा विषयमा छलफल

शुक्रबार असोज ११, २०८१/ Friday 09-27-24

बिन्दु भट्टराई ,तिलोत्तमा ११ असोज । 
तिलोत्तमाको वडा नं  ११ ले चाडपर्व सुरक्षा विषयमा छलफल चलाएको छ । चार्डपर्वमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गरेर वडाले बिहिबार छलफल गरेको हो  । 

चाडपर्व नजिकिदै गर्दा वडाभित्र हुन सक्ने बिभिन्न आपराधिक क्रियाकलाप रोक्ने उदेश्य सहित  छलफल गरिएको वडा नम्वर ११ का वडा अध्यक्ष विष्णु बराल क्षत्रीले बताउनुभयो ।  । क्षेत्रीले वडाको सुरक्षा जिम्मेवारी वडावासी सबैले लिनुपर्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिनुभएको छ । 

वडा भित्रका टोल बिकाश संस्था , राजनैतिक दल ,बिभिन्न संघ सस्था तथा सुरक्षा निकाय सहभागि  छलफलमा टोल बिकाश संस्था ,राजनैतिक दल ,बिभिन्न संघ सस्थाका प्रतिनिधिले सुरक्षा चुनौतीका विषयमा विभिन्न धारणा संगै सुझाव राख्नुभएको थियो । 
 

तपाईको प्रतिक्रिया