लायन्स क्लव अफ तिलोत्तमाको निःशुल्क मधुमेह परिक्षण कार्यक्रम
तिलोत्तमा । भदौ ३० गते । सामाजिक सेवामा निरन्तर क्रियाशील रहदै आएको लायन्स क्लव अफ तिलोत्तमाले २ दिने निःशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लव अफ तिलोत्तमाको आयोजना तथा ग्लोबल डायग्नोस्टिक प्रालि तिलोत्तमा ५ को सहयोगमा आयोजित निःशुल्क मधुमेह परिक्षण कार्यक्रममा करिव २०० सय बढीले सुगर परिक्षण गराएको सन्चालक प्रकाश न्यौपानेले जानकारी दिए ।
निता पोलिक्लिनिक परिसरमा भदौं २६ र २७ गते आयोजित निःशुल्क मधुमेह कार्यक्रममा मणिग्राम तथा आसपासका क्षेत्रबाट आएका स्थानीयले उल्लेख्य रुपमा सहभागी भई स्वास्थ्य परिक्षण गराएको लायन्स क्लव अफ तिलोत्तमाका अध्यक्ष लायन दिपेश पाण्डेले जानकारी दिए । सो अवसरमा क्लवका प्रथम उपाध्यक्ष लायन मिन बहादुर कार्की, दिप्तिय उपाध्यक्ष लायन ताराप्रसाद पाठक, सचिव लायन अधिवक्ता सुजन भण्डारी, कोषध्यक्ष लायन रामकृष्ण पौडेल, निवर्तमान अध्यक्ष लायन खेमराज ढकाल लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया