नेपाल अटो मेकानिक्स ट्रेड युनियन तिलोत्तमामा नयाँ नेतृत्व चयन
तिलोत्तमा । भाद्र १६ गते । नेपाल अटो मेकानिक्स ट्रेड युनियन तिलोत्तमा नगर कमिटीको तेस्रो अधिवेशनले पुन तुल्सिराम न्यौपाने अध्यक्ष रहने गरि ९ सदस्सिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा दीपक पाण्डे, सचिवमा तारा प्रसाद अधिकारी र कोाषध्यक्षमा छबि श्रीस लाई जिम्मेवारी तोकिएको छ । यसैगरि सदस्यहरुमा विनोद पौडेल प्रमोद, गोविन्द राई, राधेश्याम चौधरी, राजु यादव रहनुभएको छ ।
सुनगाभा रिर्सोट भलवारीमा शनिबार सम्पन्न अधिवेशनले लक्ष्मण भण्डारी, लक्ष्मण भण्डारी बी, हेम बहादुर डम्मरपाल र रमेश चौधरीलाई संस्थाको सल्लाहकारमा नियुक्त गरेको छवि श्रीसले जानकारी दिनुभयो । यसअघि उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले नेपाल अटो मेकानिक्स ट्रेड युनियन तिलोत्तमाले आम मजदुर, मेकानिक्स तथा मेकानिकल ब्यवसायीहरुको हकहितका लागी काम गरिरहेको बताएका थिए । साथै उनीहरुले सिंगो अटो ब्यवसायलाई थप मजबुद र समयसापेक्ष बनाएर लैजानु आजको मुख्य आवश्यकता रहेकोमा जोड दिएका छन ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन तिलोत्तमाका अध्यक्ष तुल्सिराम न्यौपानेको अध्यक्षता तथा केन्द्रिय प्रतिनिधी परिषद प्रमुख जीवन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय उपाध्यक्ष राकेश गुरुङ्ग, केन्द्रिय बरिष्ठ सल्लाहकार मदन रावल, तथा अतिथिहरु प्रदेश उपाध्यक्ष लक्ष्मण भण्डारी, गुमान सिंह सारु मगर लगायतले मन्तब्य दिनुभएको थियो । संस्थाका निर्वतमान उपाध्यक्ष लक्ष्मण भण्डारी बी को स्वागत तथा सचिव तारा प्रसाद अधिकारीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया