00:00:00
स्थानिय

तिलोत्तमाको वडा नंम्बर ६ लाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित वडा बनाउने तयारी

आइतबार भदौ ९, २०८१/ Sunday 08-25-24

तिलोत्तमा,९ भदौ ।
बिन्दु भट्टराई
तिलोत्तमा नगरपालिका वडा नंम्बर ६ लाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित वडा बनाउने तयारी  स्वरूप आइतबार प्रारम्भिक संझौता पत्रमा हस्ताक्षर भएको भएको छ । वडामा आयोजित कार्यक्रममा आइएसओ सर्टिफिकेशन नेपालका निर्देशक सुदिप शर्मा र वडा अध्यक्ष गणेश पाठकविच प्रारम्भिक संझौता पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले सुशासनयुक्त, पारदर्शिता, जवाफदेही सहरको रुपमा नगरपालिकालाई स्थापित गर्नेगरि नगरपालिका लागेको बताउनुभयो । यसैअनुरुप आईएसओ प्राप्त वडाको सुरुआत वडा नं ६ बाट गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा आईएसओ प्रतिनिधि शर्माले कार्यसम्पादनका विभिन्न ४७ ओटा सूचक पुरा गर्नुपर्ने जानकारी दिदै चुस्त रूपमा काम गर्न सुझाव दिनुभयो । उहांले तिलोत्तमाका सवै वडामा अन्तर्राष्ट्रिय गुणस्तर लिन प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
वडा अध्यक्ष गणेश पाठकले आइएसओ प्राप्त संझौता मात्रैले सफलता प्राप्त नहुने भन्दै संझैतालाई सार्थक तुल्याउन एक वर्ष भित्रै सम्पूर्ण सूचक पूरा गर्ने गरी लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा वडा अध्यक्ष गणेश पाठकले आईसओ प्राप्त संझौता मात्रैले सफलता प्राप्त नहुने भन्दै संझैतालाई सार्थकता तुल्याउन सक्ने गरि काम गर्नेमा जोड दिनुभयो ।
वडाका जनप्रतिनिधि, आइएसओका अन्य प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा भएको कार्यक्रमको संचालन कृष्णबहादुर क्षत्रीले गर्नुभएको थियो । यसअघि तिलोत्तमा नगरपालिकाले २०७८ सालमै अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ प्राप्त गरिसकेको छ ।

तपाईको प्रतिक्रिया