श्री गृवाण सरस्वती पन्चायतन मन्दिरका बटुकलाई श्रावण महिनामा खुवाइयो खिर
तिलोत्तमा ,१९ श्रावण । बिन्दु भट्टराई
श्री गृवाण सरस्वती पन्चायतन मन्दिरमा अध्ययन गर्ने बटुकलाई खिर खुवाईएको छ । श्रावण महिनामा खिर खाने परम्परा अनुसार मन्दिरका करिब ३५ जना बटुकलाई शनीबार एक कार्यक्रमको आयोजना संगै खिर खुवाईएको हो ।
श्री सरस्वती योग साधना तथा अनुसन्धान केन्द्रको आयोजना तथा विश्व शान्ती तथा अध्यात्म बिज्ञान समाजको संयोजन र जिवलाल अधिकारी परिवारको आर्थिक सहयोगमा गरिएको कार्यक्रममा योग प्रशिक्षक अर्जुन ज्ञवालीले हरेक राम्रा र हाम्रा परम्परालाई जोगाईराख्नका लागि यस्ता कार्यक्रमले थप टेवा पुर्याउन सक्नेमा जोड दिनुभयो । उहांले संस्कृति र परिवारप्रतिको ग्यापका कारण आजका पुस्ता अन्योलमा परेको र केही राम्रा कुरामाथि पनि संका गर्न थालेको भन्दै संस्कार संस्कृतिमा पुस्ता हस्तान्तरण जरुरी रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा जिवलाल अधिकारीले पुर्खाहरुको स्मृतिमा सकेको केही असल काम गर्ने उद्धेश्यले कार्यक्रममा जोडिएको बताउनुभयो । योगप्रशिक्षक चन्द्रकान्त भन्डारीले संचालन गर्नुभएको कार्यक्रममा श्री सरस्वती योग साधना तथा अनुसन्धान केन्द्रका सचिव प्रतिमा भट्टराईले रोग भगाउने,शोक पर्न नदिने र आफुलाई चिन्ने बाटो योग भएको र मानविय भावनालाई जागृत गर्न पनि यस्ता कार्यक्रम फलदायी हुने धारणा राख्नुभयो ।
योगजन कल्पना कुवरको अध्यक्षतामा भएको कार्यक्रममा करहैया आयुर्वेद औषधालयका प्रमुख प्रकाश ज्ञवालीले आयुर्वेदलाई योगसम्वन्धि कार्यक्रमसंगै जोडेर लैजाने बताउनुभयो । बटुक लगायत गरी१५० भन्दा बढी योगजनको सहभागिता रहेको कार्यक्रममा विभिन्न सृजनाहरुसमेत प्रस्तुत गरिएको थियो ।
तपाईको प्रतिक्रिया