00:00:00
राष्ट्रिय

सौर्य जहाज दुर्घटना स्थलबाट उद्धार टोलीद्धारा १८ जनाको शव निकालियो

बुधबार श्रावण ९, २०८१/ Wednesday 07-24-24

 

काठमाण्डौ , ९ साउन ।

 त्रिभुवन विमानस्थलमा नजिकै सौर्यको जहाज दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको छ  ।  प्रारम्भिक जानकारीअनुसार अहिले उद्धारटोलीद्धारा १८ जनाको शव निकालेका छन् । भने  विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उहांको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

 विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए ।

 बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो ।

तपाईको प्रतिक्रिया