00:00:00
राष्ट्रिय

सर्वहाराको मन जितेपछि संगठित गर्ने परम्परा फेरि दोहोर्याउनुपर्छ-एमाले पोलिटब्युरो सदस्य गिरि

सोमबार श्रावण ७, २०८१/ Monday 07-22-24

तिलोत्तमा, साउन ७  । बिन्दु भट्टराई 
 नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला गिरिले संगठनको बलमा आन्दोलन गरेर सत्ता परिवर्तन गर्ने लक्षमा पार्टी सफल भएको बताउनुभएको छ । पुर्वमुख्यमन्त्री समेत रहनुभएका गिरीले यत्तिले मात्र राजनीति आन्दोलन नसकिएको तर विर्सिएको भन्दै फेरी जनताका विचमा जानुपर्ने खांचो औल्याउनुभएको हो । 
४६ औं पुष्पलाल स्मृति दिवसमा तिलोत्तमा शंकरनगर वनवाटीकामा सोमबार भएको वृहत प्रशिक्षण तथा वृक्षरोपण कार्यक्रमलाई संवोधन गर्दै नेता गिरीले सर्वहारा जनताको पारिवारिक,सामाजिक अवस्था ,समस्या, समाधान गर्ने कुरा,विकास निर्माण जस्ता कुरालाई आत्मसात गरेर सर्वहाराको मन जितेपछि संगठित गर्ने परम्परा फेरि दोहोर्याउनुपर्नेमा जोड दिनुभयो । उहांले राजनीतिकर्मीहरुको मन अवसरमा दौडिएको र  एक आपसका प्रतिष्पर्धामा मन बाजिएका कारण अफवाह फैलाउन बल पुगेको जिकिर गर्नुभयो । 

त्यस्तै  अर्का पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले स्वर्गीय पुष्पलालको स्मरण गर्दै सर्वहारा जनतालाई राज्यको पहुँचमा पुर्याउन खेलेको भुमिककाको प्रशंसा गर्नुभयो । उहाँले पुष्प्लालाको बिचारका बारे बोलिराख्ने तर व्यवहारमा लागू गर्न नसकेका कारण समयसमयमा समस्या आउने गरेकोप्रति सचेत गराउनुभयो  । सदस्य न्यौपानेले त्याग गर्न नसके बिजय प्राप्त नहुने कुरालाई आत्मसात गर्न सके पुस्पलाललाई संझेको अर्थ रहनेमा जोड जोड दिनुभयो । 

नेकपा एमाले तिलोत्तमा नगरकमिटीका अध्यक्ष तामनाथ पाण्डेको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष राधा कृष्ण कंडेल ,नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे,  नगरकमिटी उपाध्यक्ष साबित्रा आचार्य, नगरकमिटी महासचिव निलकण्ठ भट्टराई लगायतले पुष्पलालले दिएका योगदानलाई आत्मसात गर्दै सिद्धान्त भन्दा ब्यवहारलाई विश्वास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद् सदस्य अर्जुन ज्ञवालीले स्वर्गीय पुष्पलालको जीवनी प्रस्तुत गर्नुभएको कार्यक्रममा मोहन चांपागाई,जगेश्वर देवी चौधरी लगातको उपस्थिति रहेको थियो ।  यसै अवसरमा पार्टीले पुष्पलाल पार्कमा रहेको खाली जग्गामा धुपी र अशोकका विरुवा रोपण समेत गरेको छ । 

तपाईको प्रतिक्रिया